शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद कृष्ण थापालाई थमौती गर्ने आदेश विरुद्धको ‘भ्याकेट’ निवेदनमा सुनुवाई जारी

सोमबार, ३१ जेठ २०७८, ०८ : ००
सोमबार, ३१ जेठ २०७८

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारवाही थमौती गर्ने अन्तरिम आदेश विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाई जारी छ ।

राष्ट्रिय जनमोर्चाले सर्वोच्चको आदेशविरुद्ध जेठ २६ मा अन्तरिम आदेश खारेज गर्न माग गरेर ‘भ्याकेट’ निवेदन दर्ता गराएको थियो । पार्टीको निर्णय र ह्वीप नमानेको भन्दै राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएको थियो । त्यसपछि थापा पदमुक्त भएका थिए ।

त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले उनीमाथि गरेको कारवाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चासहित राजमोको गण्डकी प्रदेशसभा संसदीय दल, गण्डकी प्रदेशसभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारी लगायतले पुनरावलोकनका लागि भ्याकेट निवेदन दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप