कोरोनाविरुद्धको खोप लगाएपछि शरीर चुम्बकीय बन्दैनः स्वास्थ्य मन्त्रालय
कोरोनाभाइरस (कोभिड —१९) विरुद्धको खोप लगाएपछि शरीरमा देखिने असरका बारेमा विभिन्न हल्लाहरु भइरहेका छन् । कोरोनाविरुद्धको खोप लगाएपछि भारत महाराष्ट्र पुणेका एक व्यक्तिले कोरोना खोप लगाएपछि आफ्नो शरीर चुम्बक जस्तै भएको दावी गरेपछि यसबारे चर्चा परिचर्चा भएको हो ।
अरविन्द सोनार नामका ती व्यक्तिले आफूले कोरोनाको दुवै डोज लगाइसकेको बताएका छन् । उनले भिडियो नै बनाएर सोसल मिडियामा राखेपछि सो भिडियो भाइरल भएको छ । भिडियोमा शरीरमा सिक्का, चम्चा, पनिऊ, थाल टाँसिएको देख्न सकिन्छ ।
के कोभिड—१९ को खोप लगाएपछि साँच्चै शरीर चुम्बकीय बन्छ त ? स्वास्थ्य मन्त्रालयले कोभिड—१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु नहुने भएकाले यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।
कोभिड—१९ को खोप सुरक्षित र प्रभावकारी भएकाले यसले स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने भएकाले महामारीको बेलामा भ्रमको पछि नलाग्न र नफैलाउन मन्त्रालयले सबैमा आग्रह गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ
-
बिहीबार पनि घट्यो नेप्से, २ अर्बको कारोबार
-
‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ नेतृत्वविहीन, अध्यक्ष दाहालसहित दुई सदस्य बाहिरिए
-
नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी
-
सत्ता गठबन्धनकै समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै
-
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’, तस्बिरहरु