केन्द्रीय संस्करण

बलिउड अभिनेत्री : जसको कारण यी व्यक्तिको वैवाहिक सम्बन्ध तोडियो

person explore access_timeजेठ ३१, २०७८ chat_bubble_outline0

शिल्पा शेट्टी 
बलिउड अभिनेत्री शिल्पा शेट्टीका कारण भारतीय व्यवसायी राज कुन्द्राकी पहिलो पत्नी कवितासँग सम्बन्धविच्छेद भएको थियो । शिल्पासँग कुन्द्रा नजिकिएपछि कविताले आफै सम्बन्धविच्छेद गरेकी थिइन् । कवितासँग सम्बन्धविच्छेद भएपछि कुन्द्राले शिल्पासँग विवाह गरे । 

स्मिता पाटिल 
कुनै समयकी चर्चित अभिनेत्री स्मिता पाटिलले अभिनेता राज बब्बरसँग विवाह गरेकी थिइन् । स्मिताभन्दा अगाडि सन् १९७५ मा राज बब्बरको नादिरा बब्बरसँग विवाह भएको थियो । स्मिताको आगमनपछि राज बब्बरको वैवाहिक जीवनमा खटपट आयो । र सम्बन्ध तोडियो । तर, स्मिताको बच्चा जन्माउँदा आएको समस्याको कारण मृत्यु भयो  । 

हेमा मालिनी 
बलिउड अभिनेत्री हेमा मालिनी अभिनेता धर्मेन्द्रकी दोस्रो पत्नी हुन् । धर्मेन्द्रले सन् १९५४ मा प्रकाश कौरसँग विवाह गरेका थिए । हेमासँग नजिकिँदै गएपछि धर्मेन्द्रले प्रकाश कौरलाई सम्बन्धविच्छेदको लागि आग्रह गरे तर प्रकाशले उनको प्रस्ताव अस्वीकार गरेपछि अभिनेता धर्मेन्द्रले इस्लाम धर्म अंगालेर हेमासँग विवाह गरे । 

शबाना आजमी
कुनै समयकी चर्चित अभिनेत्री शबाना आजमीमाथि जावेद अख्तरको पहिलो विवाह तोडेको आरोप लागेको थियो । जावेद र उनकी पहिलो पत्नी हनी ईरानीसँग खुशीका साथ वैवाहिक जीवन बिताइरहेका थिए । तर शबानाको आगमनपछि उनीहरुको विवाहमा फाटो आयो र सम्बन्धविच्छेद पनि भयो । 

श्रीदेवी
दिवगंत अभिनेत्री श्रीदेवी र फिल्म निर्माता बोनी कपूर एक अर्कासँग नजिकिँदै गए । बोनी विवाहित थिए । उनको मोना शौरीसँग विवाह भएको थियो । श्रीदेवीसँग नजिकिएपछि बोनीले मोनासँग सम्बन्धविच्छेद गरे । र, श्रीदेवीसँग विवाह गरे । 

लारा दत्ता 
बलिउड अभिनेत्री र पूर्व मिस युनिभर्स लारा दत्ताले सन् २०११ म महेश भूपतिसँग विवाह गरिन् । तर, महेशकी पहिलो पत्नी श्वेता जयशंकरले लाराले उनको घर तोडेको आरोप लगाएकी थिइन् । 

रानी मुखर्जी 
निर्माता तथा निर्देशक आदित्य चोपडाको पहिलो पत्नी पायल खन्नासँग सम्बन्धविच्छेद भएको थियो । रानी मुखर्जीसँग नजिकिएपछि आदित्य चोपडाले पहिलो श्रीमतीलाई सम्बन्धविच्छेद दिएका थिए । रानी र आदित्यले इटलीमा गएर गुपचुपमा विवाह गरेका थिए । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.