शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबारे नयाँ चिन्ता : डेल्टा भेरियन्ट अब थप खतरनाक डेल्टा प्लसमा बदलियो

सोमबार, ३१ जेठ २०७८, १२ : ४६
सोमबार, ३१ जेठ २०७८

कोरोनाको दोस्रो लहरमा भारतमा विध्वंश मच्चाउने डेल्टा भेरियन्ट अब थप खतरनाक डेल्टा प्लसमा बदलिएको छ । भारतमा कोरोनाका बिरामीलाई दिइँदै गरेको मोनोक्लोनल एन्टीबडीज ककटेल यो भेरियन्टमाथि निस्प्रभावी हुनसक्ने वैज्ञानिकले आशंका गरेका छन् ।

भारतको अंग्रेजी वेबसाइट टाइम्स अफ इन्डियाले यसबारे जानकारी दिएको हो । मानोक्लोनल एन्टीबडीज ककटेललाई भारतमा मेको सुरुवातमा आपतकालीन मञ्जुरी दिइएको थियो ।

बेलायतको स्वास्थ्य संस्था पब्लिक हेल्थ इंगल्याण्ड (पीएचई) लाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले आफ्नो रिपोर्टमा दिएको जानकारी अनुसार डेल्टा भेरियन्टका ६३ जिनोम नयाँ K417N ​ म्यूटेशनसहित देखिएको छ । पीएचईका अनुसार डेल्टा भेरियन्टमा परिवर्तन रुटिन जाँचको क्रममा डेल्टा प्लसबारे पत्ता लागेको हो । कोभिड भेरियन्ट्सको विषयमा पीएचईको पछिल्लो रिपोर्टका अनुसार भारतमा ७ जूनसम्म डेल्टा प्लस भेरियन्टका ६ संक्रमित भेटिइसकेका थिए ।

दिल्लीको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिव बायोलोजीका डा. विनोद स्केरियाका अनुसार K417N ​ म्युटेशनको विषयमा महत्वपूर्ण चिन्ता यो हो कि यसको एन्टीबडी ककटेलविरुद्ध रेजिस्टेन्ट भएको प्रमाण भेटिएका छन् । उनका अनुसार यद्यपि, भारतमा K417N ​ म्युटेशनको फ्रिक्वेन्सी खासै धेरै छैन ।

मोनोक्लोनल एन्टीबडीज ककटेल के हो ?

मोनोक्लोनल एन्टीबडीज ककटेल क्यासिरिविम्याब र इन्डेविम्याबबाट बनेको हो । यसलाई फर्मा कम्पनी सिप्ला र रोश इन्डियाले मिलेर बनाएको हो । भारतमा यसलाई कोरोनाको उपचारका लागि आपतकालीन प्रयोगका लागि मेमा मञ्जुरी दिइएको थियो । यसले अमेरिका र युरोपियन युनियनमा आपतकालीन प्रयोगका लागि दिइएको डाटाको आधारमा सेन्ट्रल ड्रग्स स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेशनबाट अनुमति पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप