शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्याच प्रिभ्यू : नयाँ स्वरुपको स्पेनलाई अनुभवी स्वीडेनको चुनौति

सोमबार, ३१ जेठ २०७८, १२ : ०९
सोमबार, ३१ जेठ २०७८

स्पेनले सोमबार राति सेभियामा स्वीडेनको सामना गर्दै यूरो २०२० को यात्रा शुरुवात गर्दैछ । लुइस एनरिकेले पहिलो पटक ला रोजालाई मुख्य प्रतियोगितामा नेतृत्व गर्दैछन् र उनी सकारात्मक शुरुवातको अपेक्षामा रहने छन् ।

कप्तान सर्जियो बुस्केटलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सन् २०१२ को विजेता स्पेनलाई प्रतियोगिता शुरु हुन अघि नै धक्का लागेको थियो । जसले गर्दा लिथुआनियाविरुद्धको खेलमा स्पेन आफ्नो अन्डर २१ टोलीलाई उतार्न बाध्य बन्यो । बुस्केटलाई संक्रमण पुष्टि भएपछि यो टोलीमा फैलन सक्ने खतरालाई मध्यनजर गर्दै स्पेनले १७ जना खेलाडी सम्मिलित वैकल्पिक टोली नै तयार गरेको थियो । तर भाग्यवस त्यो भएन र ला रोजा बुस्केटबाहेक स्वीडेनविरुद्ध सम्पूर्ण शक्तिसहित मैदानमा उत्रनेछ । कप्तानको स्थानमा रोड्रीले शुरुवाती ११ मा स्थान बनाउने अपेक्षा गरिएको छ भने होसे गायाको स्थानमा जोर्डी आल्बा खेलमा शुरुवात गर्ने बताइएको छ ।

रुसमा निरश तरिकाले प्रतियोगिताबाट बाहिरएको स्पेनमा यो फरक टोली रहेको छ । पोर्चुगलविरुद्ध पाउ टोरेस र एमेरिक लापोर्टेको जोडी निकै सशक्त देखिएको थियो । सन् २०१८ को विश्वकप फेरान टोरेस, मार्कोस लोरेन्टे र डानी ओल्मोको उदय भएको छ । उनीहरुले पनि टोलीमा स्थान बनाउने अपेक्षा गरिएको छ ।

यता, समूह चरणमा स्पेनका लागि स्वीडेन सबैभन्दा ठूलो टाउको दुखाइ बन्ने अनुमान गरिएको छ । आक्रमणमा रियल सोसिडाडका अलेक्सान्डर इसाक स्पेनका लागि चुनौति बन्ने देखिन्छ । स्वीडेनमा ३६ वर्षीय सबास्टियन लार्सन र ३४ वर्षीय मार्कस बर्गजस्ता भेटरान खेलाडीहरु पनि रहेका छन् ।

सन् २०१८ को विश्वकपमा स्वीडेन क्वार्टरफाइनलसम्म पुगेको थियो । त्यसलाई धेरैले अनपेक्षित भने पनि यो टोलीसँग धेरै अनुभव रहेको छ । सन् २०२१ स्वीडेन निकै राम्रो फर्ममा रहेको छ र सबै ५ खेलमा जीत हासिल गरेको छ ।

के भन्छन् प्रशिक्षक ?

लुइस एनरिके, स्पेन – पहिलो खेलले तपाईंलाई आत्मविश्वास प्रदान गर्छ, यसले यो प्रतियोगिता हाम्रो लागि कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ । यदी हाम्रो क्षमता देखिने गरी जीत हासिल गर्न सक्यौँ भने निकै राम्रो हुनेछ ।

जान एन्डरसन, स्वीडेन – आजको दिनमा घरेलु मैदानबाहिर स्पेनको सामना गर्नु सबैभन्दा ठूलो चुनौति हो । यो रोमाञ्चक चुनौति हो र हामीले उत्कृष्ट खेल प्रदर्शन गर्न जरुरी हुन्छ । हामीले पहिले पनि उनीहरुलाई चुनौति दिएका थियौँ । यदि सबै कुरा मिल्यो, हाम्रो पनि सम्भावना रहेको छ ।

फर्म

स्पेन– ड्र, जीत, जीत, ड्र, जीत, ड्र

स्वीडेन – जीत, जीत, जीत, जीत, जीत, हार

सम्भावित शुरुवाती ११

स्पेन – उनाइ सिमोन, एज्पिलिकुएटा, अल्बा, पाउ टोरेस, लापोर्टे, लोरेन्टे–कोके, रोड्री, पेड्री, जेरार्ड मोरेनो, मोराटा, फेरान टोरेस (४–३–३)

स्वीडेन – ओल्सेन, लस्टिग, लिन्डेलोफ, डेनियलसन, अगस्टिन्सन, एस लार्सन, एकडाल, ओलसन, फ्रोसबर्ग, इसाक, बर्ग (४–४–२)

हेट डु हेड

–पछिल्ला ६ खेल (९० मिनेट) स्पेन ३ जीत, स्वीडेन १ जीत, २ बराबरी

– यो टोली यूरो छनोट चरणमा एउटै टोलीमा थिए

– स्पेनले म्याड्रिडमा ३–० को जीत हासिल गरेको थियो तर रिभर्स खेलमा १–१ को रोकियो

– दुई टोली सन् २००८ को यूरोमा पछिल्लो पटक भेट भएका थिए । समूह चरणमा स्पेन २–१ ले विजयी बनेको थियो ।

आजका खेलहरुः

स्कटल्याण्डबिरुद्ध चेक रिपब्लिक : साँझ ६ः४५ बजे

पोल्याण्डबिरुद्ध स्लोभाकिया : राति ९ः४५ बजे

स्पेनबिरुद्ध स्वीडेन : राति १२ः४५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप