बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जी–सेभेन देशले चीनलाई चौतर्फी घेरे, चीनले दियो यस्तो चेतावनी

सोमबार, ३१ जेठ २०७८, ११ : १२
सोमबार, ३१ जेठ २०७८

बेलायतको कर्नवालमा चलिरहेको संसारका सात समृद्ध देशको समूह जी–सेभेनको बैठकको अन्तिम दिनमा चीनको मुद्दा छायो ।

शिनजियांगमा विगर मुसलमानको मानवाधिकार हननको विषयमा जी–सेभेनका नेताले चीनमाथि व्यापक हमला गरेका छन् ।

हङ्गकङका लागि थप स्वायत्तताको माग गरियो । यसका लागि हङ्गकङमाथि बेलायत र चीनको साझा घोषणापत्रलाई उद्धृत गरियो ।

कुरा यतिमा मात्रै रोकिएन । चीनमा कोरोनाभाइरसको उत्पत्तिको जरैदेखि अनुसन्धान हुनुपर्ने माग गरिएको छ ।

यस्तो लाग्यो जस्तो कि जी–सेभेनका नेता चीनविरुद्ध एकजुटता देखाउन खोजिरहेका छन् । यो सिलसिलामा चीनविरुद्ध बयान पनि जारी गरियो ।

चीनको जी–सेभेन देशलाई चेतावनीः

चीनले जी–सेभेन देशका नेतालाई चेतावनी दिँदै भन्यो, ‘एक मुठ्ठी ‘साना’ मुलुकले संसारको भाग्यको निर्णय गर्ने दिन उहिल्यै बितिसक्यो ।’

लण्डनमा चिनियाँ दूतावासका प्रवक्ताले भने, ‘हामीले सधैं यो कुरामा विश्वास गरेका छौं कि कुनै पनि देश चाहे त्यो सानो होस्, ठूलो होस्, बलियो होस् वा कमजोर, गरिब होस् वा धनी, सबै बराबर छन् र विश्वव्यापी मामिला सबै देशसँग विचार–विमर्श पछि मात्रै समाधान गर्नुपर्छ ।’

चीनको यो बयान यस्तो समयमा आएको हो जब जी–सेभेन चीनको अगाडि आफूलाई एकजुट देखाउने कोसिस गरिरहेका छन् ।

जी–सेभेन देशमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका समावेश छन् ।

बेलायतको कर्नवालमा भएको यो शिखर सम्मेलनमा उपस्थित बीबीसी संवाददाताका अनुसार अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोरोना महामारीपछि संसारमा लोकतान्त्रिक देश र तानाशाही व्यवस्था भएका देशबीच संघर्षको स्थिति बनेको कुरामा जोड दिएका छन् ।

पश्चिमी देश भर्सेस चीनः

इटलीका प्रधानमन्त्री मारियो द्रागीले ग्रप–सेभेन पश्चिमी देश र चीनबीचको मतभेदमाथि खुल्ला रुपमा आफ्नो पक्ष राख्नुपर्ने बताएका छन् ।

मारियोले यो कुरा सम्मेलनबारे जानकारी दिँदै गर्दा भनेका थिए जसमा चीनमा मानवाधिकार हननको विषयमा कोरोनाभाइरसको उत्पत्ति जस्ता विषय उठाइएको थियो ।

आइतबार पत्रकार सम्मेलनमा कुरा गर्दै उनले भने, ‘चीनमा यस्ता तानाशाही छन् जो बहुआयामिक शासन व्यवस्थामा विश्वास राख्दैनन् । लोकतान्त्रिक देशको दुनियाँको विषयमा जुन दृष्टिकोण छ, चीनले यसमा मतलब राख्दैन ।’

‘हामीले सहयोग गर्न आवश्यक छ तर हामीले ती चिजको विषयमा पनि स्पष्ट हुन जरुरी छ जुन हामी उनीहरुसँग सेयर गर्दैनौं वा जसलाई हामी स्वीकार गर्दैनौं । अमेरिकी राष्ट्रपतिले पनि चुप बस्नु अपराधमा समावेश भएसरह हुने बताएका छन् ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप