आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

युरोकप फुटबल हेरेर होटलमा झगडा गर्ने खेलाडी र होटल संचालक पक्राउ, जरिवाना तिरेर रिहा

सोमबार, ३१ जेठ २०७८, १० : ०५
सोमबार, ३१ जेठ २०७८

 काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलमा युरोकप फुटवल हेर्दा विवाद गरेर झगडा गर्ने खेलाडी र होटल संचालकलाई स्थानीय प्रशासनले जरिवाना गरेको छ ।

जेठ ३० गते विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटवलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

युनाइटेड बिजनेस होटलका संचालक अश्विन श्रेष्ठ सहितलाई प्रहरीले पक्रेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले संचालक श्रेष्ठ सहित नेशनल सुपर लिग खेल्न नेपाल आएका विदेशी र सशस्त्र प्रहरी बलबाट कन्ट्याक्टमा खेल्ने फुटबलरलाई जरिवाना गरेका छन् । संक्रामक रोग ऐन–२०२० बिरुद्धको कसुरमा उनिहरुलाई प्रमुख जिल्ला अधिकारीले जरिवाना गरेका हुन् ।

होटल संचालकलाई ४ लाख र होटलमा झगडा गर्ने ८ जनालाई जनही १५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जरिवाना तिरेर रिहा हुनेमा क्रोएसियाका खेलाडी विलिम पोसिन्कोविक, अजरबैजानका नुर्लान जाहिद ओग्लु, धादिङ घर भएकी एलिसा मगर, सिन्धुपाल्चोककी सुनि तामाङ, बुढानिलकण्ठका क्षितिज खड्का, सिन्धुपाल्चोकका नविन लामा र दोलखा घर भएका रोहित तामाङ सहित ८ जना छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप