पाकिस्तानमा भारी वर्षासँगै आएको हुरीका कारण १० जनाको मृत्यु

पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र बतासको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ । खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृत्यु भएको हो । खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य छ जना घाइते भएका छन् । मृतकमध्ये चार जना मानसेहरा एक तोरगढ जिल्लाका थिए ।
यसैबीच, बलूचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा बिजुली चल्दा एक महिलासहित तीन व्यक्तिको मृत्यु भएको जियो न्यूजले जनाएको छ । बलूचिस्तानको बरखान जिल्लामा भारी वर्षाका कारण स्थानीय खोलामा बाढी आएको छ र ग्रामीण क्षेत्रको साथ सहरसँगको सम्बन्ध टुटेको छ । हुरीले सडक वरपरका रूख ढाल्नुका साथै सहरका साइनबोर्डहरू उडाइदिएको छ ।
पाकिस्तानी राज्य खैबर पख्तूनख्वाका मुख्यमन्त्री मोहमद् खानले बर्षाका कारण जनधनको क्षति भएकोमा दुख व्यक्त गरेका छन्। उनले बर्षाका कारण विभिन्न स्थानमा डुबानहरू भएको र उनीहरूको उद्धार गरी पीडितलाई सम्बन्धित जिल्ला प्रशासनमार्फत राहत दिइने खानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, प्रधानमन्त्रीसँगको भेटमा के भयो ?
-
सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय
-
नेपाल र अफगानिस्तानबिच निर्णायक खेल आज, जित्ने टोली सिधै विश्वकपमा
-
प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा