पाकिस्तानमा २६ देशबाट भ्रमण गर्न प्रतिबन्ध
पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ । कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो ।
नेस्नल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसिओसि) ले अहिले बाहिरी देशहरुबाट मानिसहरुलाई आउन दिनु उपयुक्त नहुने निश्कर्ष निकालेको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानले महामारीको प्रभावका आधारमा विभिन्न देशहरूलाई ए, बी र सी समूहमा वर्गीकरण गरेको छ । वर्गीकरण गरिएका मध्ये सी समूहमा परेकाहरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो ।
अन्य ए र बी समूहमा परेका देशहरुबाट पाकिस्तान आउन चाहनेहरुलाई भने विभिन्न सर्त तथा मापदण्डहरु तय गरिएको छ । ती मापदण्ड पुरा गरेपछि आउन पाइने वा आएपछि ती मापदण्ड पालना गर्नु पर्ने सरकारी निकायको निर्णय रहेको छ ।
पाकिस्तान प्रवेश प्रतिबन्ध गरिएका देशहरुमा छिमेकी मुलुक भारतसहित इरान, बङ्गलादेश, भुटान, इन्डोनेसिया, इराक, माल्दिभ्स, नेपाल, श्रीलङ्का, फिलिपिन्स, अर्जेन्टीना, ब्राजिल, मेक्सिको, दक्षिण अफ्रिका, ट्युनिसिया, बोलिभिया, चिली, कोलम्बिया, कोष्टारिका, डोमिनिक गणतन्त्र, इक्वेडर, नामिबिया, पाराग्वे, पेरु, ट्रिनिडाड र टोवागो सँगसँगै उरुग्वे रहेका छन् । ती सबै देशहरूलाई पाकिस्तानले सी समूहमा राखेको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार १९४ जना कोरोनाभाइरसबाट सङ्क्रमित थपिएका छन् भने ५७ जनाको मृत्यु भएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई