पत्रकारको निःशुल्क उपचार गर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा काउन्सिलले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको महामारीमा पत्रकारको पक्षमा काम गर्नु काउन्सिलको अहम् जिम्मेवारी भएको बताए ।
पत्रकारको अवस्था र आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कार्यक्रम राखिएको भन्दै उनले कोभिडले समस्यामा परेका पत्रकारको निःशुल्क उपचार हुनुपर्ने, स्वास्थ्य सामग्रीमा पहुँच पुग्नुपर्नेमा जोड दिए ।
मिडिया विधेयकको विषयमा काउन्सिलको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष बस्नेतले प्रेस मैत्री हुनुपर्नेमा धारणा राखे । उनले लोककल्याणकरी विज्ञापनमार्फत मिडियाले पाउने सुविधा उपलब्ध गराउन सरकारसँग पहल गर्ने बताउँदै आचारसंहिताको पालना र कार्यान्वयनबाट स्वच्छ पत्रकारिताको विकास हुने भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा काउन्सिलका सदस्य विपुल पोखरेलले कोरोनाका कारण पत्रपत्रिका बन्द भएको, लोक कल्याणकारी विज्ञापनमा समस्या भएको भन्दै तत्काल सम्बोधन गर्नुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार
-
बीवाईडी हाई–टेक विकमा पुगे चिनियाँ राजदूत
-
कर्णालीमा मुख्यमन्त्रीसँग सत्तारुढ दल कांग्रेस फेरि असन्तुष्ट
-
इन्डियन प्रिमियर लिग क्रिकेट : इङ्ल्यान्डका पूर्वकप्तान केभिन पिटर्सन दिल्ली क्यापिटल्सको मेन्टर
-
इलाममा गुन्जँदै कन्दरा
-
महाकुम्भमा कसरी गणना गरिएको थियो करोडौँ मान्छेको भीड ?