शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एरिक्सनलाई ‘कार्डियाक अरेस्ट’ भएको थियो ः टीम डाक्टर

‘हामीले उनलाई गुमाइसकेका थियौँ, डिफिब्रिलेसनले फर्काउन सफल भयौँ’
आइतबार, ३० जेठ २०७८, २१ : २४
आइतबार, ३० जेठ २०७८

युरो २०२० अन्तरगत फिनल्याण्डबिरुद्धको खेलमा क्रिस्टियन एरिक्सनलाई ‘कार्डियाक अरेस्ट’​ भएको डेनमार्कको फुटबल टोलीका डाक्टर मोर्टेन बोसेनले बताएका छन् । यसअघि, अधिकारीहरुले अस्पतालमा एरिक्सनको अवस्था स्थिर रहेको जानकारी दिएका थिए ।

शनिबारको खेलको पहिलो हाफको अन्तयतिर एरिक्सन मैदानमा नै ढल्न पुगेका थिए । ‘हामीले उनलाई गुमाइसकेका थियौँ । हामीले कार्डियाक रिसक्सीटेसन गर्यौँ । त्यो कार्डियाक अरेस्ट थियो,’ उनले भने, ‘हामी उनलाई गुमाउन कति नजिक थियौँ ? थाहा छैन तर एउटा डिफिब्रिलेसनपछि हामीले उनलाई फर्काउन सफल भयौँ ।’ हालसम्मको परीक्षणले सबै कुरा ठीक देखिएको र त्यो किन भयो भन्ने कुनै व्याख्या नभएको पनि उनले बताए ।

२९ वर्षीय खेलाडीले आइतबार बिहान टोलीका अन्य सदस्यहरुलाई सन्देश समेत पठाएको डेनिस अधिकारीहरुले जनाएका छन् । मुख्य प्रशिक्षक कास्पर जुल्मान्डले एरिक्सनले आफूलाई शनिबारको खेलको बारेमा धेरै कुरा याद नरहेको बताएको जानकारी दिएका छन् ।

शनिबार खेलिएको खेलमा डेनर्माक फिनल्याण्डसँग १–० ले पराजित भयो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप