शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्टर्लिङको गोलमा इङ्ग्ल्याण्ड विजयी

आइतबार, ३० जेठ २०७८, २० : ५२
आइतबार, ३० जेठ २०७८

इङ्ल्याण्डले यूरो २०२० मा विजयी सुरुवात गरेको छ । समूह डी अन्तरगतको खेलमा इङ्ल्याण्डले क्रोएसियालाई १–० गोलले हराएको हो ।

खेलमा राहिम स्टर्लिङले खेलको ५७ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले गोलका लागि थुप्रै प्रयास गरे पनि सन् २०१८ को विश्वकपको सेमिफाइनलको नियति दोहोर्याउन सकेन ।

समूहमा चेक रिपब्लिक र स्कटल्याण्डबीचको खेल हुन बाँकी रहेको छ । इङ्ल्याण्डले अब शुक्रबार स्कटल्याण्डको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप