शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मेली समाज जापानद्वारा १५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

आइतबार, ३० जेठ २०७८, २० : ४२
आइतबार, ३० जेठ २०७८

गुल्मेली समाज जापानले  गृहजिल्ला गुल्मीलाई करिव १५ लाख बराबरको कोभिड बिरुद्धको स्वास्थ्य सामग्री पठाएको छ । समाजले पहिलो चरणमा  अक्सिजन कन्सनटेटर  सहित कोभिड विरुद्धका विभिन्न स्वास्थ्य सामग्रीहरु पठाएको हो । समाजले  रेसुङ्गा नगरपालिका भित्र रहेको गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाको ३ वडाका  स्वास्थ्य संस्था, त्यस्तै चन्द्रकोट गाउँपालिका, कालिगण्डकी  गाउँपालिका,  सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र मालिका गाउँपालिकामा करिब करिव ११ लाख बराबरको स्वास्थ्य सामग्री पठाएको हो ।

त्यस्तै समाजले ईस्मा, धुर्कोट, मदाने गाउँपालिका, पौदी अमराई स्वास्थ्य चौकी, बडागाउँ   स्वास्थ्य चौकी  र जिल्लाका सबै पत्रकारहरुलाई पत्रकार महासंघ मार्फत करिव ४ लाख बराबरको स्वास्थ्य सामग्री पठाएको छ । दोश्रो चरणमा आएको स्वास्थ्य सामग्री सबैतिर पुर्याउने काम भइरहेको पत्रकार महासंघका पूर्व अध्यक्ष तथा अक्सिजन अभियान समन्व्य  समितिका संयोजक जनार्दन घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप