सुदूरपश्चिम प्रदेश : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सुदूरपश्चिम प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि ल्याइएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका हुन् ।
सभामुख थापाले भने –‘हुन्छ भन्ने संख्याभन्दा हुन्न भन्ने संख्या न्यून देखिएकोले आर्थिक वर्ष २०७८–७९ को वार्षिक नीति बहुमतले पारित भएको घोषणा गर्दछु ।’ नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्ष र नेकपा माओवादीका प्रदेशसभा सदस्यहरु नीति तथा कार्यक्रम पारित गर्नुपर्ने पक्षमा थिए भने नेकपा एमालेकै केपी शर्मा ओली पक्षका प्रदेशसभा सदस्यहरु विपक्षमा थिए । नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरु तटस्थ बसेका थिए । बैठकमा जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरु अनुपस्थिति रहे ।
नीति तथा कार्यक्रम घोषणा गर्नुअघि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । यसअघि आइतबार बिहान एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । गत बिहीबार प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिम प्रदेशमा एमाले माधव नेपाल पक्ष र माओवादी केन्द्रको सयुक्त सरकार छ । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुला भएको छ । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’
-
वसन्तपुरमा होलीको रौनक, २८ तस्बिरमा हेर्नुहोस्
-
बर्दियामा स्थानीयले अवरुद्ध गरेको राजमार्ग ३ घण्टापछि सञ्चालनमा
-
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
-
समाजवादी मोर्चाको बैठक भोलि बस्दै, जनकपुरको विरोधसभा स्थगित