प्रदेश १ : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
प्रदेश १ प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण बजेट ल्याउने बाटो खुला भएको छ ।
उपसभामुख सरस्वती पोखरेलले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिन् । सत्तारुढ एमाले (खनाल–नेपाल) पक्षको साथ पाएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । योसँगै तत्कालका लागि सरकार अप्ठेरोमा पर्ने अवस्था टरेर गएको छ ।
प्रदेशसभामा सत्ताधारी दल एमालेको एकल सरकार रहेको छ । एमालेको ५१,(१८ खनाल–नेपाल) काँग्रेसका २१, माओवादी केन्द्र १५, संघीय समाजवादीका ३ तथा राप्रपा र लोकतान्त्रिक मञ्चको एक–एक जना सांसद छन् । प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
नीति तथा कार्यक्रम निर्णयार्थ बैठकमा पेस गर्नुअघि मुख्यमन्त्री शेरधन राईले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । प्रतिपक्ष दल जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले गर्नुभएको संशोधन प्रस्ताव फिर्ता लिएका छन् । विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्रका तर्फबाट नीति तथा कार्यक्रममाथि परेका संशोधन भने खारेजी भएको छ । बैठकमा निर्णयार्थ प्रस्तुत संशोधन बहुमतले अस्वीकृत गरेपछि खारेज भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण