संवैधानिक परिषद्को पछिल्लो सिफारिस विरुद्ध सर्वोच्चमा रिट दर्ता
संवैधानिक परिषद्ले वैशाख २६ मा गरेको सिफारिस विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले आइतबार दर्ता गरेको हो । वैशाख २१ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश र सो अध्यादेशअनुसार २० जना पदाधिकारीलाई गरिएको नियुक्ति सिफारिस बदर गर्न माग गरिएको छ ।
वैशाख २६ मा बसेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग र अख्तियार सहितका निकायमा २० जनालाई नियुक्त गर्न सिफारिस गरेको थियो । वैशाख २१ मा नयाँ अध्यादेश ल्याएर सरकारले त्यस अघिको म्याद सकिएको अध्यादेशलाई पनि वैधता दिने काम गरेको थियो । अध्यादेश बदर गरेर पदाधिकारीहरूको सिफारिस खारेज गर्न माग गरिएको अधिवक्ता ओमप्रकाश अर्यालले रातोपाटीलाई बताए ।
०७७ मंसिर ३० मा जारी अध्यादेशका आधारमा नियुक्त भएका अख्तियार प्रमुख प्रेमकुमार राई सहितका पदाधिकारीको नियुक्ति खारेज गर्न पनि माग गरिएको छ । राई सहितको नियुक्ति खारेजको माग गर्दै यसअघि पनि दर्ता भएको रिटमा १७ पटक पेशी तोकिए पनि सुनुवाई हुन सकेको छैन् । अधिवक्ता अर्यालले सो मुद्दाको सुनुवाई संवैधानिक इजलासमा गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता आर्यन अधिकारीले गरे अनिषासँग इन्गेजमेन्ट
-
बैंगलुरु र पञ्जाबको खेलमा वर्षा बाधक
-
भारत सरकारको सहयोगमा सुन्दरहरैँचामा विद्यालय भवनको शिलान्यास
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
रोबर्टो कार्लोस अब अर्को हप्ता एनएसएल हेर्न आउने
-
शिक्षकहरू आन्दोलनमा गएपछि व्यवस्थापन समितिले थाल्यो विद्यार्थी भर्ना अभियान