कर्णालीमा क्रियाशील पत्रकारलाई ५० प्रतिशत अनुदान दिने घोषणा
कर्णाली प्रदेशका क्रियाशील पत्रकारले क्यामेरा र ल्यापटप खरिदका लागि अनुदान पाउने भएका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ल्यापटप र क्यामेरा खरिदमा ५० प्रतिशत अनुदान दिने बचन दिएका हुन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा पत्रकारका लागि कुनै पनि कार्यक्रम नसमेटिएको भन्दै संसदीय मामिला पत्रकार समाजले आइतबार मुख्यमन्त्री शाहीलाई भेटेरै गुनासो राखेको थियो । सो पश्चात मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रमम छुटे पनि आर्थिक वर्ष २०७८/०७९ को बजेटमा यस्तो कार्यक्रम समेट्ने प्रतिवद्धता व्यक्त गरेको संसदीय मामिला पत्रकार समाजका प्रदेश अध्यक्ष शेरबहादुर थापाले बताए ।
उनले मुख्यमन्त्रीले पत्रकारका लागि अरु पनि कार्यक्रम ल्याउने तयारी भएको बताएका छन् ।
मुख्यमन्त्री शाहीले यससँगै कर्णालीमा कलम चलाउने पत्रकारका लागि लेखन वृत्ति दिन आवश्यक बजेट व्यवस्था गर्ने पनि बताएका छन् । ‘त्यो मध्ये बढीमा एक सय जना पत्रकार हरेक वर्ष छनौट हुनेछन् । उनीहरुले प्रदेश सरकारका काम कारवाही बारेमा आवश्यक स्टोरी लेखन गर्नुपर्ने हुन्छ शाहीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’