शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशका मन्त्री अमरबहादुर थापा विरुद्धको मुद्दामा मिसिल झिकाउन आदेश

आइतबार, ३० जेठ २०७८, १७ : ५१
आइतबार, ३० जेठ २०७८

कर्णाली प्रदेशका सांसद अमरबहादुर थापा विरुद्ध दायर नैतिक पतन विरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ । थापा हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री हुन् ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । सूर्यमणी गौतम रिट निवेदक रहेको उक्त मुद्दामा दैलेख जिल्ला अदालतबाट २०४७ असार १४ गते र २०५० पुस ६ गते भएको कीर्ते जालसाजी मुद्दाको सक्कल मिसिल झिकाउन इजलासले आदेश दिएको छ ।

ती मिसिललाई सर्वोच्च अदालतमा विचाराधीन रिट निवेदन अवलोकनार्थ राखी पूर्व आदेशअनुसार अन्तरिम आदेश छलफलका लागि नियमअनुसार पेस गर्नु भन्ने आदेश इजलासले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप