बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यही अधिवेशनबाट प्रदेशको नाम टुङ्ग्याएर जानुपर्छ : मुख्यमन्त्री राई

आइतबार, ३० जेठ २०७८, १७ : ३७
आइतबार, ३० जेठ २०७८

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरणको बारेमा अब बिलम्ब गर्न नहुने बताएका छन् । मुख्यमन्त्री राईले यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याएर जानुपर्नेमा जोड दिए । 
उनले त्यसका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई तयारी रहन पनि आग्रह गरे । आइतबार नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले यो अधिवेशनबाट प्रदेशको नामकरण सम्पन्न गरेपछि मात्र बर्षे अधिवेशन अन्त्य हुने बताए ।
‘प्रदेशको नामकरण यसै अधिवेशनबाट टुङ्ग्याउनुपर्छ’ मुख्यमन्त्री राईले भने, ‘यो नीति तथा कार्यक्रम पास भएको भोलिपल्टै बाट त्यसबारेमा छलफल आगाडि बढाउनुपर्छ। म सबै दलका माननीय ज्यूहरुलाई प्रस्ताव गर्छु, प्रदेशको न्वारान पश्चात मात्र यो वर्षे अधिवेशन अन्त्य गरौं।’ 

कोराना संक्रमणका कारण नामकरणको बारेमा छलफल गर्न असुरक्षित हुने अवस्था आइपरेको खण्डमा पनि आवश्यक सतर्कता र स्वास्थ्य सुरक्षाका विधि अपनाएर  नामकरणको विषयलाई टुंग्याउनुपर्नेमा उनले जोड दिए ।
सरकार गठन भएको तीन वर्ष पुरा हुँदा पनि प्रदेशको नामकरण हुन सकेको छैन । 

पछिल्लो समय सरकार जोगाउने र ढाल्ने खेलका कारण प्रदेशको नामको बिषयमा चर्चा समेत हुन छाडेको छ । जसका कारण प्रदेशको नामकरणको बिषय ओझेलमा पर्न थालेको हो । तत्कालिन नेकपा नेतृत्वको सरकार गठन भएको एक वर्षपछि स्थायी राजधानीबारे टुङ्गो लाएको प्रदेश १ ले अझै नाम पाउन सकेको छैन् ।

सरकार गठन भएको तीन वर्ष पूरा भएपनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच सहमति हुन नसक्दा नामकरणको विषय अनिर्णित भएको हो । मुलुकका सात प्रदेशमध्ये पाँचवटा प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लागिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप