शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा सडक दुर्घटना, गुल्मीका एक पुरुषको मृत्यु

आइतबार, ३० जेठ २०७८, १७ : ११
आइतबार, ३० जेठ २०७८

पाल्पामा भएको सडक दुर्घटनामा परेर गुल्मीका एक पुरुषको मृत्यु भएको छ । आइतबार दिउँसो पाल्पाको रिब्दिकोट २ लघुवामा भएको सडक दुर्घटनामा परेर गुल्मी रुरुक्षेत्र गाउँपालिका–२ का ४५ वर्षीय  टंकबहादुर कुँवरकोे मृत्यु भएको हो । घाइते कुँवरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते ४ जनामध्ये  २  जनाको अवस्था  गम्भीर रहेको प्रहरीले जनाएको छ । बुटवलबाट  गुल्मीतर्फ जाँदै गरेको बा ४ ख ७३२० नम्बरको टिपरले  सोही दिशा तर्फ जाँदै गरेको   र अगाडि  रहेको  प्रदेश ३–००१ क ०२५० नम्बरको टिपरलाई  ठक्कर दिँदा सो टिपर सडकदेखि २२० मिटर तल खसेको थियो ।

घाइते  कुँवरको १ बजेर  ३५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । उनी  दुर्घटनाग्रस्त टिपरको  सह–चालक रहेको त्वातीले बताए  ।  दुर्घटनाग्रस्त टिपरका चालक   ३८ वर्षीय अशोक कुँवरको अवस्था सामान्य छ ।  त्यसमा सवार रुरुक्षेत्र –२ की ४२ बर्षीया रिमा कुँवरको अवस्था भने  गम्भीर रहेको  बताइएको छ । त्यस्तै ठक्कर दिने टिपरका चालक  ललितपुर घर बताउने २६ वर्षीय  राजेन्द्र बजागाइँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

  सोही ट्रकका सह–चालक नवलपरासीको सुनवल नगरपालिका ९  घर बताउने  २२ वर्षीय  किसन कुँवरको अवस्था सामन्य रहेको र घाइते सबैलाई युनाइटेड मिशन अस्पताल पाल्पा पठाइएको    डिएसपी त्वातीले  जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप