मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपत्यकामा ४ बजेबाट हार्डवेयर पसल खोल्न दिने निर्णय

आइतबार, ३० जेठ २०७८, १० : ००
आइतबार, ३० जेठ २०७८

काठमाडौं उपत्यकामा दिउँसो ४ बजेबाट हार्डवेयर सामाग्री बेच्ने पसल खोल्न दिने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय सँगै हार्डवेयर पसल खोल्न दिने निर्णय गरेका हुन् । 

‘हार्डवेयर पसल दिउँसो ४ बजेपछि खोल्न दिने निर्णय गरेका छौं’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीसँग भने ।  निषेधाज्ञाबारे निर्णय लिने बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।

होटल रेष्टुरेण्टको टेक अवे सेवा बिहान ७ बजेबाट खुल्ला गर्ने निर्णय गरिएको छ । त्यस्तै बिहान ११ बजेसम्म किराना, डिपार्टमेन्ट स्टोर र पुस्तक पसल खोल्न दिने निर्णय गरिएको प्रजिअ पराजुलीले बताए ।  वैशाख १६ बाट जारी  निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर जेठ २१ बाट पुनः खोल्न दिइएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप