शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिशहोममा युरोकपको प्रत्यक्ष प्रसारण, नेपाली भाषामै कमेन्ट्री

आइतबार, ३० जेठ २०७८, १५ : ५९
आइतबार, ३० जेठ २०७८

काठमाडौं । नेपालको डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले युरोकपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरोकपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो । डिशहोमबाट हुने युरोकपको प्रत्यक्ष प्रसारण नेपाली  र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न सकिन्छ, इनब्युल्ट भाषा चाहिँ अंग्रजी कमेन्ट्री हुनेछ।

रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सक्छन् । डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सकिने डिशले जनाएको छ। त्यहाँ अंग्रजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली आउँछ र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउँछ। 

डिशहोमको एक्सन स्पोर्ट्स च्यानल अरू केबल अपरेटरहरुमा पनि उपलब्ध रहेको छ।त्यहाँ पनि रिमोटमा अडियो परिवर्तन गर्न सक्ने सुविधा भए भाषा परिवर्तन गर्न सकिन्छ। 

डिशहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लियर टीभी, च्यानल नम्बर ५४३, सीम टीभी च्यानल नम्बर १०५ र ९९१, मेरो टीभी च्यानल नम्बर ९००, नेट टीभी च्यानल नम्बर ५२९, डिओइएन टीभी च्यानल नम्बर ४२०० र प्रभु टीभी च्यानल नम्बर ७१६ बाट पनि हेर्न सकिने डिशले जनाएको छ। 

साथै च्यानल नम्बर १०५मा एसडी र ९९१ मा एचडी क्वालिटीमा एक्सन स्पोर्ट्स च्यानल हेर्न सकिने डिशहोमले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप