शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हालसम्मकै उच्च विन्दुमा नेप्से, २० अर्ब बराबरको कारोबार

आइतबार, ३० जेठ २०७८, १५ : ५०
आइतबार, ३० जेठ २०७८

आइतबार नेप्से परिसूचकमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.११ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । गत जेठ २५ गते २९६० दशमलव १४ विन्दुमा पुगेको थियो ।

 

सेयर बजारमा उछाल आएसँगै आज कारोबार रकम समेत हालसम्मकै उच्च भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक उच्च विन्दुमा पुग्दा झण्डै २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार यस दिन दुई सय २० कम्पनीको एक लाख ८२ हजार ४३० पटकको व्यापारमा तीन करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयरको खरिदबिक्री हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज वित्त, विकास बैङ्क र जलविद्युत समूहको परिसूचकमा उछाल आएको छ ।

​शेयर संख्या र कारोबार संख्याका आधारमा नेशनल हाइड्रो पावरको सर्वाधिक पाँच हजार ८ पटकको व्यापारमा १८ लाख ५ हजार ७३८ कित्ता सेयरको खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा भने अरुण भ्याली हाइड्रोपावरको ७२ करोड २९ लाख ७६ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार ४४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । आज नेपाल इन्स्योरेन्सका लगानीकर्ताहरूले सर्वाधिक ४.१५ प्रतिशतले गुमाएका छन् । दोस्रोमा युनाइटेड आईडीआई मर्दीको २.८३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप