शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय सरकारले घर पोलेर खरानीको चन्दन बाँड्ने नीति अख्तियार गर्‍यो : प्रदेशसभा सदस्य थेबे

आइतबार, ३० जेठ २०७८, १५ : २८
आइतबार, ३० जेठ २०७८

नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य सिता थेबेले संघीय सरकारले घर पोलेर खरानीको चन्दन बाँड्ने नीति अख्तियार गरेको बताएकी छिन् । नयाँ बजेटमार्फत ल्याएको ढुङ्गा, गिट्टी, बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीतितर्फ संकेत गर्दै थेबेले सो कुरा बताएका हुन् । उनले देशको माटो चुरे दहन गरेर व्यपार घाटा पुरा गर्ने संघीय सरकारको नीति रोकियोस् भनेर माग समेत गरिन् ।

आइतबार प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै  प्रदेशसभा सदस्य थेबेले संघीय सरकारले बजेट भाषणमार्फत  ल्याएको ढुङ्गा, गिट्टी, बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीतिका बारेमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै सरकारको धारणसमेत प्रष्ट गर्न माग राखिन् ।


प्रदेश १ सरकारले संघको जस्तो ढुङ्गा, गिट्टी, बालुवा बेचेर आयआर्जन गर्ने नीति र कार्यक्रम ल्याएको छैन् । तर पनि संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत ल्याएको ढुङ्गा, गिट्टी, बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीतिको प्रदेशसभामा प्रदेशसभा सदस्यले आपति जनाउँदै निर्णय फिर्ता लिन माग राख्दै आएका छन् ।

 नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विपक्षी दलका प्रदेशसभा सदस्यहरुले  संघीय सरकारको ढुङ्गा, गिट्टी, बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीतिका बारेमा प्रदेश सरकारको धारणा माग गर्दै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप