बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेदरल्यान्डस्विरुद्ध युक्रेन : कसले मार्ला बाजी ?

आइतबार, ३० जेठ २०७८, १५ : १४
आइतबार, ३० जेठ २०७८

युरो २०१६ र २०१८ को विश्वकपमा छनोट हुन असफल भएको नेदरल्यान्डस् ७ वर्षपछि ठूला प्रतियोगितामा फर्कँदैछ । र, उसले पहिलो खेल घरेलु दर्शकका अगाडि एम्स्टरड्याममा खेल्दैछ । युक्रेन प्रतियोगितामा छनोट हुने क्रममा जुन खेल देखाएको थियो, त्यही खेललाई यस प्रतियोगितामा दोहोर्याउन चाहन्छ । युरोकपको छनोटमा सबै १० खेलमा युक्रेन अपराजित थियो र पोर्चुगलभन्दा एक स्थान माथि रहेर उसले प्रतियोगितामा स्थान बनाएको हो ।

यी दुई टोलीबीचको समूह सीको खेल नेपाली समयअनुसार मध्यराती १२ः४५ मा हुनेछ । त्यसअघि समूह सी अन्तर्गतकै खेलमा राती ९ः४५ बजे अस्ट्रिया र उत्तरी मेसिडोनियाबीच प्रतिस्पर्धा हुनेछ । नेदरल्यान्डका म्याथिज डि लिग्ट ग्रोइनको चोटका कारण आजको खेलमा मैदान बाहिरै रहने छन् । १९ वर्षका जुरियन टिम्बरले यी खेलाडीको स्थानमा खेल्नेछन् । नेदरल्यान्डस्का गोलकिपर मार्टिन स्टेकेलेनवर्ग ३८ वर्षको भइसकेका छन् ।

उनी यस प्रतियोगिताकै सबैभन्दा पाका खेलाडी हुन् । २००६ को विश्वकपमा इडविन भान डार सारको विकल्पका रुपमा टोलीमा रहेका स्टेकेलेनवर्गले मैदान उत्रन भने पाएका थिएनन् । तर २०१० को विश्वकपमा नेदरल्यान्डस्लाई फाइनलमा पुर्याउन उनको भूमिका महत्वपूर्ण थियो, स्टेकेलेनवर्गबाहेक २०१० को विश्वकप खेल्ने अन्य कुनै पनि खेलाडी नेदरल्यान्डस्को वर्तमान टोलीमा छैनन् ।

प्रशिक्षकहरु के भन्छन् ?

फ्रयाङ डि बोर, नेदरल्यान्ड

हामीले नेदरल्यान्डको भिडियो हेरेका छौं र मलाई थाहा छ उनीहरु निकै राम्रो खेल्छन् । उनीहरुको राम्रो क्वालिटी छ । उनीहरु संयोजित भएर सुन्दर फुटबल खेल्छन् । सिधै भन्नुपर्दा, उनीहरु हाम्रो कठिन प्रतिद्वन्द्वी हुन् । 

आन्द्रे सेभचेन्को, युक्रेन 

हाम्रो टोलीको मुख्य काम नै समूह चरण पार गर्नु हो । हामीले धेरै बलिया टोलीहरूसँग खेल्नुपर्नेछ भन्ने थाहा छ र नेदरल्यान्डस् प्रतियोगिताकै दाबेदार मध्येको एक हो । हामीसँग एउटै निश्चित खेल शैली छ र त्यो परिवर्तन हुनेछैन । त्यसैकारण हामीले ४–३–३ वा ३–५–२ मा खेले पनि हाम्रो मान्यता परिवर्तन हुनेछैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप