शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ सरकारलाई ६२ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

आइतबार, ३० जेठ २०७८, १४ : ५८
आइतबार, ३० जेठ २०७८

प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको छ । 

युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटामध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा  कन्सनट्रेटर रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले बताए ।

युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाइजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्राप्त भएको शाहले बताए।  स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप