शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्लेयर टू वाच : इङ्ल्याण्ड​ भर्सेस् क्रोएशियामा यी खेलाडीले उल्ट्याउन सक्छन् नतिजा

आइतबार, ३० जेठ २०७८, १४ : २९
आइतबार, ३० जेठ २०७८

आज क्रोएशियाले लण्डनस्थित बेम्बली रंगशालामा आयोजक इङ्ल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार ६ बजेर ४५ मिनेट जाँदा हुनेछ । ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इङ्ल्याण्ड युवा प्रतिभाहरुले भरिएको छ । लुका मोडरिचको कप्तानीमा रहेको क्रोएशियाले भने पछिल्ला ६ मध्ये २ खेलमात्रै जितेको छ । बाँकी १ खेल बराबरी खेलेको छ भने ३ खेल हारेको छ । यसका बाबजुद मोडरिचलाई यस्तै कठिन खेल मनपर्छ । उनको टोली बलिया विपक्षीहरुसँग मरिमेटेर खेल्न माहिर छ । तर, जेसुकै भनेपनि क्रोएशियालाई यो खेल सहज हुनेछैन । सायद, उसले डिफेन्समा धेरै ध्यान दिनेछ र काउन्टर एट्याक गर्नेछ ।

ह्यारी केन

यस सिजन इंलिस प्रिमियर लिगमा २३ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेका ह्यारी केन इङ्ल्याण्ड​का सबैभन्दा ठूला स्टार हुन् । टोट्टेनह्यामका यी स्ट्राइकरमाथि धेरै क्लबहरुले आँखा लगाइरहेका छन् । उनको नजर भने इङ्ल्याण्ड​लाई युरो च्याम्पियन बनाउनेमै केन्द्रीत छ । उनले अहिलेसम्म राष्ट्रिय टिमबाट ५४ खेल खेल्दै ३४ गोल गरेका छन् । पछिल्लोपटक क्रोएशियाविरुद्ध इङल्यान्डलाई विजयी गराउने क्रममा उनले नै निर्णायक गोल गरेका थिए । उनी वर्तमान विश्वकै उत्कृष्ट स्ट्राइकरमध्ये एक मानिन्छन् ।

लुका मोडरिच

३५ वर्षका मोडरिच क्रोएशियाकै सर्वकालिन महान्  मानिन्छन् । सन् २०१८ को विश्वकपमा गोल्डेन बल जितेका मोडरिच त्यही वर्ष फिफा वर्ष खेलाडी तथा बेलोन डि ओरबाट पनि सम्मानित भएका थिए । उनी महत्त्वपूर्ण प्रतियोगिता र ठूला खेलमा हाबी हुने खेलाडी हुन् ।

रियल म्याड्रिडलाई चारपटक च्याम्पियन्स लिग र दुईपटक ला–लिगा उपाधि जिताउने क्रममा उनको भूमिका महत्त्वपूर्ण छ । जारी प्रतियोगितामा मोडरिच चम्कन सके क्रोएशियाले लामो यात्रा गर्नसक्छ । आफ्नो पुस्ताकै उत्कृष्ट मिडफिल्डरमध्ये एक मानिएका मोडरिक कलात्मक पास र लामो दूरीबाट गर्ने प्रहारमार्फत खेलको नतिजा उल्ट्याउनसक्ने खुबी राख्छन् । बल कन्ट्रोल, फस्र्ट टच, बल नियन्त्रण राख्नसक्ने र खेलमा गति बनाउनसक्ने उनको खुबी विशेष छ । उनी फ्रिकिक र पेनाल्टी तथा डिब्लिङ्ग कलामा पनि माहिर छन् । त्यसैकारण उनलाई मिडफिल्डका मास्टर पनि भनिन्छ । मोडरिचले क्रोएशियाबाट १ सय ३८ खेल खेल्दै १७ गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप