शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टपलेस तस्बिर पोस्ट गरेर विवादमा आएकी थिइन् २७ वर्षकी पोर्न स्टार, घरमा मृत भेटिइन्

आइतबार, ३० जेठ २०७८, १४ : २६
आइतबार, ३० जेठ २०७८

तीन सयभन्दा बढी पोर्न फिल्ममा काम गरेकी डकोटा स्कायको रहस्यमयी मृत्यु भएको छ । २७ वर्षकी डकोटाको शव उनको घरमा भेटिएको छ । उनका श्रीमान् घर पुग्दा उनको मृत्यु भएको पत्ता लागेको हो । प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरेको छ । वेबसाइट मिररको रिपोर्ट अनुसार टपलेस पोजका विषयमा विवादमा छाएकी पोर्न स्टारको यसरी मृत्यु हुँदा धेरैले प्रश्न सोधेका छन् ।

लस एन्जलिसस्थित निवासमा डकोटी स्कायको शव भेटिएको हो । डकोटा स्कायको वास्तविक नाम लरेन केय स्कट थियो । डकोटाका श्रीमानले उनको मृत्युबारे प्रहरीलाई खबर गरेका हुन् । स्कायको मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन । रिपोर्टका अनुसार उनको नीजि जीवन निकै तनावपूर्ण भएको थियो ।

स्कायले केही दिन अघि जर्ज फ्लोयडको पेन्टिङ नजिकै टपलेस पोज दिएकी थिइन्, यो विषयमा सोसल मिडियामा व्यापक चर्चा भएको थियो । यतिमात्रै होइन, उनलाई ज्यान मार्ने धम्कीसमेत दिइएको थियो ।

स्मरण रहोस्, जर्ज फ्लोयडलाई अघिल्लो वर्ष प्रहरी हिरासतमा रहँदा मृत्यु भएको थियो ।

उनको यो तस्बिर सार्वजनिक भएपछि सोसल मिडियामा व्यापक चर्चा सुरु भयो । उनी अनलाइन ट्रोल्सको विषयमा निकै निराश थिइन् ।

मूल रुपमा टेम्पा बे, फ्लोरिडामा बस्ने पोर्न स्टारले ४ मे मा यो विवादास्पद तस्बिरलाई ‘जर्ज फ्लोयड दिवसको शुभकामना । सबैलाई समानता र निष्पक्षताको अधिकार छ’ भन्दै पोस्ट गरेकी थिइन् ।

यद्यपि, यो पोस्टपछि उनीमाथि गाली बर्सिन थाल्यो जसमा एक प्रयोगकर्ताले फोटोमा गम्भीर टिप्पणी गरे भने अर्का एक प्रयोगकर्ताले सोधे, ‘डब्ल्यूटीएफको जर्ज फ्लोयडको मृत्युसँग के लेनदेन छ ?’

यद्यपि, उनले आफ्नो बचाउ गर्दै भनिन्, ‘दुर्व्यवहार गर्ने प्रहरीमाथि अनुसन्धान भइरहेको छ त्यसैले मैले यसको उत्सव मनाइरहेकी थिएँ ।’

यतिमात्रै होइन, डकोटा स्कायले थपिन्, ‘कुनै पनि व्यक्तिलाई पक्राउ गर्ने क्रममा मार्नु हुँदैन ।’

स्मरण रहोस्, यी पोर्न स्टार ३०० भन्दा बढी पोर्न फिल्ममा देखिएकी थिइन् र सन् २०१५ को एभीएन अवार्डमा सर्वश्रेष्ठ न्यू स्टारलेटका लागि नोमिनेट भएकी थिइन्, जसलाई पोर्नको ओस्कर पनि भनिन्छ ।

स्कटकी काकी लिन्डा आर्डेनले उनीबारे जानकारी दिँदै भनिन्, ‘मेरी भतिजी रक्सी र फेन्टेनाइलको तलसँग जुधिरहेकी थिइन् ।’

द सनसँग कुरा गर्दै उनले भनिन्, ‘उनको वास्तविक जीवनको कहानी र उनी यो उद्योगमा कसरी आइन्, यो एउटा ठूलो घटना हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप