मिक्स एन्ड म्याच ट्रायल : पहिलो खोप एउटा कम्पनीको, दोस्रो डोज अर्कैको
विश्वका धेरै देशमा खोपका डोज मिश्रण भइरहेका छन् । जुन १ मा क्यानेडाले र जुन ३ मा बहराइनले पनि यसलाई अनुमति दिए । बेलायतले त जनवरीदेखि नै यसको सुरुवात गरेको थियो । अमेरिकाले पनि परीक्षण थाल्दैछ ।
तर भारतको स्वास्थ मन्त्रालयले जुन खोपको पहिलो डोज लिइएको छ, त्यसैको दोस्रो डोज लिनुपर्ने गाइडलाइन जारी गरेको छ । उही खोपको दोस्रो डोज उपलब्ध नभएसम्म प्रतीक्षा गर्न अपिल गरेको छ । यद्यपि अहिले भारतीय अधिकारीहरूले पनि खोपको डोजको मिश्रणबारे विचार गर्न थालेका छन् । गुजरात तथा उत्तर प्रदेशमा पहिलो डोज कोभिसिल्ड लगाएकालाई दोस्रो डोज कोभ्याक्सिन र पहिलो डोज कोभ्याक्सिन लगाएकालाई दोस्रो डोज कोभिसिल्ड लगाइएको छ ।
अहिलेसम्म दुवै राज्यबाट कुनै गम्भीर साइड इफेक्ट वा दुर्घटनाको खबर बाहिरिएको छैन । खोपको यो मिश्रणबारे महामारी विशेषज्ञ डाक्टर चन्द्रकान्त लहारिया र मुम्बईस्थित पिडी हिन्दुजा अस्पताल र मेडिकल रिसर्चका डाक्टर भरेश देढिन्यासँग भारतीय सञ्चरमाध्यम दैनिक भास्करले विभिन्न प्रश्नहरू राखेको छ । खोपको यो मिश्रण भारतका लागि किन जरुरी छ ? यो कति प्रभावकारी छ र प्रमुख देशहरूले यसबारे के रणनीति बनाएका छन् त ?
के मिक्स एन्ड म्याच राम्रो उपाय हो ?
सिङ्गो विश्वका लागि कोभिड–१९ समस्याको कारण बनेको छ । यस्तो अवस्थामा खोपको आपूर्ति र उपलब्ध खोपको प्रभावकारिताका कारण धेरै देशले मिक्स एन्ड म्याचलाई गम्भीरताका साथ लिन थालेका छन् । भारतजस्ता धेरै देशमा समयमै खोपको डोज सप्लाई नहुँदा मानिसहरूले दोस्रो डोजका लागि लामो प्रतीक्षा गरिरहनुपरेको छ ।
यति मात्र होइन । कोरोनाको नयाँ लहर र नयाँ भेटिएन्ट्सको खतरा पनि बढिरहेको छ । त्यसैकारण खोपको प्रभावकारिता पनि कमजोर भइरहेको छ । त्यही कारण धेरै देशले दोस्रो बुस्टर डोजलाई अनुमति दिएका छन् र यसको तयारी गरिरहेको देखिन्छ ।
खोपको मिक्स एन्ड म्याच कति सुरक्षित छ ?
अहिलेसम्म सुरक्षित रहेको साबित भएको छ । विश्वका धेरै देशमा खोपको मिक्स एन्ड म्याचबारे अध्ययन भइरहेको छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले एस्ट्रेजेनेका खोपसँग फाइजरको mRNA खोपको डोज मिसाएर परीक्षण गरेका थिए । यो सुरक्षित रह्यो तर साइड इफेक्ट्स पनि देखियो ।
अक्सफोर्ड विश्वविद्यालयका पेडियाट्रिक्स तथा भ्याक्सिनोलोजीका एसोसिएट प्रोफेसर म्याथ्यु स्रनेपका अनुसार सुरक्षाका विषयमा चिन्ता लिनुपर्ने देखिएन । इम्युन रेस्पोन्स पनि निकै राम्रो देखियो ।
बेलायतमा फेब्रुअरीमा एस्ट्रेजेनेका, फाइजर, मोडर्ना र नोभा भ्याक्सका खोप प्रयोगको जाँच गरिएको थियो । सन्डे टेलिग्राफका अनुसार स्पेनमा ६ सय र जर्मनीमा ३ सय जनामा गरिएको परीक्षणमा राम्रो नतिजा देखियो ।
एक अनुसन्धानमा २५ देखि ४६ वर्ष उमेर समूहका २६ युवालाई पहिला एस्ट्रेजेनेका र दोस्रो डोज फाइजरको खोप दिइयो । यसरी मिश्रित डोज दिँदा बेलायतमा भेटिएको अल्फा भेरिएन्टविरुद्ध चार गुणा धेरै न्युट्रलाइजिङ एन्टिबडी बनेको नतिजाले देखाउँछ ।
यसअघि पनि खोपलाई मिश्रण गरिएको थियो ?
यो दशकौँदेखि चलिआएको अभ्यास हो । इबोलाजस्ता भाइरसमा पनि यसलाई अपनाइएको थियो । यद्यपि धेरैजसो मिश्रण एकै प्रविधिबाट बनेका खोपको थियो । भारतमा रोटा भाइरस खोपमा पनि यस्तै मिश्रण प्रयोग गरिएको थियो । पछिल्ला तीन वर्षदेखि रोटाभाइरस खोपको मिक्स एन्ड म्याच परीक्षण चलिरहेको छ । यस अभ्यासलाई नयाँ भन्न मिल्दैन ।
भारतका लागि मिक्स एन्ड म्याच रणनीति किन जरुरी छ ?
आगामी केही महिनामै सातदेखि आठवटा कोभिड खोप उपलब्ध हुने आशा भारत सरकारलाई छ । यसमा भाइरस भेक्टर, mRNA, DNA र रिकोम्बिनेन्ट प्रोटिन प्लेटफर्मले बनेका खोप समावेश छन् । तर एकै खोपको दुई डोज लगाउनु चुनौतीपूर्ण हुनेछ । विशेषगरी ग्रामीण इलाकाहरूमा आज अझ पनि ठूलो जनसङ्ख्या निरक्षर छ । उनीहरूलाई खोपको नाम याद गर्न पनि सहज हुनेवाला छैन ।
भारतलाई त्यस्ता धेरै खोपको मिश्रण प्रयोग गर्ने मौका मिल्नेछ । केही खोप निकै सस्ता छन् र तिनलाई ठूलो परिमाण बनाउन सकिन्छ । यदि यो मिश्रण सफल भयो भने गरिब र मध्यम आय भएका देशहरूका लागि ठूलो वरदान साबित हुनेछ । उनीहरूलाई आपूर्ति बढाउन पनि सहज हुनेछ ।
सुरुवाती खोप कोरोनाको ओरिजिनल भाइरसविरुद्ध बनेका हुन् । त्यसकारण नयाँ भेरिएन्टमा यसको प्रभावकारिता कस्तो हुनेछ भन्ने थाहा भइसकेको छैन । अलग अलग प्लेटफर्ममा बनेका खोपलाई मिसाउँदा भेरिएन्ट्सविरुद्धको लडाइँमा नयाँ ताकत मिल्नेछ ।
स्पेन र बेलायतको परीक्षणमा अहिलेसम्म एस्ट्रेजेनेकाको खोपलाई फाइजर÷मोडर्नाको खोपसँग परीक्षण गरिएको छ । त्यस्तै, स्पुतनिक भी र एस्ट्रेजेनेका खोपको पनि मिक्स एन्ड म्याच ट्रायल्स चलिरहेको छ । आउने महिनाहरूमा भारत पनि मिक्सिङ र टेस्टिङका लागि तयार हुनेछ ।
यी देशले दिए मिक्स एन्ड म्याचलाई अनुमति
जुन १ मा अमेरिकाले खोपको पूरै डोज लगाएका वयस्कहरूलाई खोपको मिक्सिङको बुस्टर सट पनि दिने घोषणा ग¥यो । यो अध्ययनको नतिजा सेप्टेम्बरसम्ममा आउनेछ । एस्ट्रेजेनेका खोपको पहिलो डोज लगाएका मानिसले फाइजर वा मोडर्ना खोपको दोस्रो डोज लिनसक्ने घोषणा क्यानेडाले १ जुनमै ग¥यो ।
बेलायत, बहराइन, फिनल्यान्ड, फ्रान्स, नर्वे, दक्षिण कोरिया, स्पेनलगायतले पनि मिक्स एन्ड म्याच सटलाई प्रयोगको अनुमति दिइसकेका छन् । गत अप्रिलमा क्यानसिनो बायोलोजिक्स र चोंगिकिङ जिफई बायोलोजिकलको खोपलाई मिश्रण गर्नका लागि चीनले परीक्षण थालिसकेको छ । रुसले चिनियाँ खोपसँग स्पुतनिक खोपलाई मिक्स गर्नका लागि ट्रायल सुरु गर्ने घोषणा ४ जुनमा गरिसकेको छ । यो परीक्षण अरब देशहरूमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा
-
१० बजे १० समाचार : डीपी बने रास्वपाको कार्यवाहक सभापति, रविको सांसद पद निलम्बित