शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याङ्कर चालकहरूले हात उठाए– ‘माग पुरा नभएसम्म तेल उठाउँदैनौँ’

आइतबार, ३० जेठ २०७८, १३ : १९
आइतबार, ३० जेठ २०७८

पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्याङ्कर चालकहरूले इन्धन नओसार्ने घोषणा गरेका छन् । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतबार नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र लेख्दै हालको कोभिड–१९ को उच्च जोखिमलाई लिएर पेट्रोलियम पदार्थको ढुवानी गर्न नसक्ने बताएका हुन् ।

आज उप्रान्त जबसम्म खोपको व्यवस्था हुँदैन तबसम्म तेल नओसार्ने चालकहरूले पत्रमार्फत बताएका छन् । कोरोनाका कारण चालक, सहचालक तथा पम्प कर्मचारीको निधन भएको, सोबाट उनीहरूको धेरै परिवारका सदस्यको समेत निधन भएको र केही संक्रमितहरुको अहिले उपचारकै अवस्थामा रहेकाले यहि परिस्थितिमा थप जोखिम मोलेर तेल ओसार्न नसक्ने चालकहरूले बताएका छन् । उनीहरुले पत्रमार्फत छिटोभन्दा छिटो खोपको प्रबन्ध मिलाउन समेत निगमलाई माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप