शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्राजिल : राष्ट्रपति बोलसोनारोमाथि साओ पाउलो राज्य सरकारले लगायो जरिवाना

आइतबार, ३० जेठ २०७८, १३ : १५
आइतबार, ३० जेठ २०७८

ब्राजिलको साओ पाउलो राज्यको सरकारले देशका राष्ट्रपति जायर बोलसोनारोमाथि कोभिड–१९ को नियमको उल्लंघन गरेको भन्दै ५५२ ब्राजिलियन रियाल (करिब साढे १२ हजार रुपैयाँ) को जरिवाना लगाएको छ ।

शनिबार साओ पाउलोमा मोटरसाइकल र्‍यालीमा उपस्थिति जनाउन पुगेका बोलसोनारोले मास्क लगाएका थिइनन् र उनी र्‍यालीमा मानिसहरुलाई भेट्ने, बोल्ने गरिरहेका थिए ।

र्‍यालीका बेला बोलसोनारोले खोप लगाइसकेको मानिसहरुका लागि मास्क लगाउनुपर्ने नियम हटाउनेबारे विचार गरिरहेको बताए । उनले भने, ‘जसले पनि यसको विरोध गर्छन्, उनीहरु विज्ञानमा विश्वास गर्दैनन् । जसले कोरोना भ्याक्सिन लगाएका छन् ती व्यक्तिबाट अन्य व्यक्तिमा कोरोना संक्रमण फैलन सक्दैनँ ।’

यद्यपि, वैज्ञानिक समुदायले भ्याक्सिन लगाएका व्यक्तिमार्फत् संक्रमण फैलिँदैन भन्ने कुरालाई अहिलेसम्म समर्थन गरेका छैनन् ।

स्थानीय सरकारले बोलसोनारोसमेत पूर्वाधार मन्त्री तार्चिजियो गोम्स र एक नेताका छोरामाथि मास्क नलगाएको र सामाजिक दुरीको नियमको पालना नगरेको भन्दै जरिवाना लगाएको छ ।

यो विषयमा अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कुनै जवाफ पाइएको छैन ।

यद्यपि, बोलसोनारो पहिला पनि थुप्रै पटक कोरोनाका कारण लगाइएको प्रतिबन्ध र मास्क लगाएको विरोध गरेका कारण चर्चामा छन् ।

साओ पाउलोमा आयोजित ‘एसलरेट फर क्राइस्ट’ मोटर साइकिल र्‍यालीको नेतृत्व राष्ट्रपति बोलसोनारो गरिरहेका थिए । यतिबेला उनले मास्क लगाएका थिएनन् र यस्तो हेलमेट लगाएका थिए जसमा उनको अनुहार ढाकिएको थिएन ।

बोलसोनारो ब्राजिलमा अर्को वर्ष राष्ट्रपति चुनावमा एकपटक पुनः आफ्नो भाग्यको परीक्षण गर्न चाहन्छन् त्यसैले उनी देशमा आयोजित भिन्न भिन्न स्थानमा यसै प्रकारको र्‍यालीमा उपस्थिति जनाइरहेका छन् ।

साओ पाउलोमा भएको र्‍याली अघि यहाँका गभर्नर जोआडो डोरियाले यदि राष्ट्रपतिले राज्यमा लागू कोभिडसँग जोडिएको नियमको पालना नगरेको खण्डमा उनीविरुद्ध कारवाही गरिने बताएका थिए ।

राष्ट्रपति पदको दौडमा डोरिया, बोलसोनारोका प्रतिद्वन्द्वी हुन् ।

कोभिड–१९ सँग सम्बन्धित नियमको विषयमा बोलसोनारो, जोआओ डोरियासमेत थुप्रै राज्यका गभर्नरसँग पहिला पनि बहस गरिसकेको बताइन्छ ।

जोन होप्किन्सको कोरोना ड्यासबोर्डका अनुसार ब्राजिलमा हालसम्म कोरोनाका कारण ४ लाख ८६ हजार, २७२ को मृत्यु भइसकेको छ ।

कोरोनाको मृत्युदर अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै छ । अमेरिकामा हालसम्म कोरोनका कारण ५ लाख ९९ हजार ६६४ ले ज्यान गुमाइसकेका छन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप