शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनमा ग्यास बिस्फोटबाट १२ जनाको मृत्यु

आइतबार, ३० जेठ २०७८, १३ : ०७
आइतबार, ३० जेठ २०७८

चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास विस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ ।  खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् । 

शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६ः३० बजे उक्त बिस्फोट भएको थियो । बिस्फोट हुँदा स्थानीयवासीबीच भागदौड मच्चिएको थियो ।  खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन् । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप