शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकै दिन ६०० रुपैयाँले घट्यो सुनको मूल्य

आइतबार, ३० जेठ २०७८, ११ : ३५
आइतबार, ३० जेठ २०७८

आइतबार नेपाली बजारमा सुनको मूल्य एके दिन अधिकतम ६०० रुपैयाँले घट्न पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९३ हजार ९०० रुपैयाँ कायम भएको हो । 

यस्तै, आज तेजाबी सुन समेत ६०० रुपैयाँले नै घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । 

महासंघका अनुसार यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार पनि सोही मूल्य कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप