शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक बस्दै

आइतबार, ३० जेठ २०७८, ११ : १६
आइतबार, ३० जेठ २०७८

 काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।

प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

‘छलफलपछि असार १ बाट निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे निर्णय गर्छौँ’ भक्तपुरका प्रजिअ भट्टराईले भने–‘मोडालिटीबारे अहिलेसम्म कुनै धारणा तय भएको छैन ।’

छलफलमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप