शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली अमेरिकन सामुदायिक केन्द्रमा नयाँ कार्यसमिति

आइतबार, ३० जेठ २०७८, ११ : ०६
आइतबार, ३० जेठ २०७८

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले यहाँ रहेका नेपाली बालबालिकामा नेपालप्रति माया गर्ने भावनाको विकास हुनुपर्ने बताएका छन् । अमेरिकाको डीसीमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) को दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै डा.  खतिवडाले यस्तो बताएका हुन् ।

न्याकको भवनकै प्रांगणमा आयोजित कार्यक्रममा बोल्दै डा. खतिवडाले अमेरिकामा रहेका बालबालिकाहरुमा नेपालप्रतिको प्रेम बढाउन र सिङ्गो नेपाललाई चिनाउन न्याकले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

राजदूत खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।  कार्यक्रममा नेपाली बालबालिकाहरुले नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गान गाएका थिए ।

साधारणसभाको निर्वाचन आयोगमा रहेका डा. श्याम कार्की, डा गोपी उप्रेती, प्रभा भट्टराई देउजा, सविना मैनाली र राजीव मैनालीले नवनिर्वाचित न्याकको कार्य समिति र बोर्ड अफ ट्रष्टी समितिका पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए ।

न्याकको नयाँ कार्यकारी समितिको अध्यक्षमा चिकित्सक डा. मदन उप्रेती निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा अभियन्ता इञ्जिनियर ठाकुर ढकाल र उपाध्यक्षमा बिना खड्का लामा निर्वाचित भएका छन् । महासचिवमा डा. लेखनाथ अधिकारी, कोषाध्यक्षमा केशव बराल र उप–कोषाध्यक्षमा हरि पुडासैनी चयन भएका छन् ।

कार्यकारी समितिका सदस्यहरुमा प्रेम पौडेल, तोया पौडेल, गुणराज लुइँटेल, प्रज्ञान आचार्य र लक्ष्मी शर्मा छन् । लेखा समिति सदस्यहरुमा राजन अधिकारी तथा ग्रिष्म दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै, बोर्ड अफ ट्रस्टी ( गुठी समिति ) को सभापतिमा अरुण रुपाखेती, उपसभापतिमा टीका मैनाली तथा सचिवमा पुरुषोत्तम सुबेदी रहेका छन् भने गुठी सदस्यहरुमा गोपाल रेग्मी, प्रेम संग्रौला, चिकित्सक गुणराज सुबेदी, ददिराम ढुंगाना, गोबिन्दप्रसाद मैनाली, परशुराम भण्डारी, तारानाथ पोखरेल तथा मेदिनी अधिकारी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप