मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

'साइन्टिस्ट' बन्ने सपना देख्थिन् दिशा, मोडलिङले बन्यो बलिउड करियर

आइतबार, ३० जेठ २०७८, १० : ४७
आइतबार, ३० जेठ २०७८

मुम्बई । फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ अभिनेत्री दिशा पटानी २९ बर्ष पुगेकी छन् । आज आइतबार आफ्नो जन्मदिन मनाइरहेकी दिशा उत्तरप्रदेश बरेलीमा जन्मिएकी हुन् । 

पढाइ समेत राम्रो भएको कारण उनी साइन्टिस्ट बन्ने सपना देख्थिन् । २०११ मा लखनउको एमिटी युनिभर्सिटीबाट बायोटेक अध्ययनको क्रममा उनले मोडलिङ सुरु गरेकी थिइन् ।

कलेजको फेयरवेल पार्टीमा उनी मिस कलेज छानिएकी थिइन् । यसपछि उनले मिस लखनउ प्रतियोगितामा पनि भाग लिइन् । मिस लखनउ भएपछि उनी एक मोडल प्रतियोगितामा पनि फष्ट रनरअफ भइन् । २०१३ को फेमिना मिस इन्दौर प्रतियोगितामा पनि उनी फष्ट रनरअप भएकी थिइन् ।

१७ बर्षको उमेरमा फोटो सुट समेत गरेकी दिशाले बिज्ञापनमा पनि काम गरेकी छन् । २०१५मा उनले दुध, मोवाइल कम्पनी लगायतको विज्ञापनमा अभिनय गरेकी थिइन् । उनले पुरी जगन्नाथको ‘लोफर’बाट ‘तेलूगू’ फिल्म अभिनय डेब्यु गरेकी थिइन् । बलिउड डेब्यु भने उनले २०१६ को फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’बाट गरेकी हुन् ।

दिशा अक्सर ब्वाइफ्रेण्ड टाइगर श्राफको साथ देखिने गर्दछन् । करियरको सुरुवातको समय देखिनै दुबै एकअर्काको रिलेसन स्वीकार्दै आएका छन् । दुबै एकसाथ भने ‘बागी २’मा देखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप