बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चेक गणतन्त्रकी बार्बोरा क्रेज्सीकोभालाई फ्रेन्च ओपन टेनिस

आइतबार, ३० जेठ २०७८, ०९ : २६
आइतबार, ३० जेठ २०७८

बिना वरियताकी चेक खेलाडी बार्बोरा क्रेज्सीकोभाले फ्रेन्च ओपन टेनिस जितेकी छिन् । आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा उनलाई फाइनलमा ३१ औं वरियताका अनास्तासिया पाब्ल्युचेन्कोभालाई हराइन् । 

शनिबार भएको खेलमा उनले ६–१,२–६ र ६–४ को सेटमा जित निकालिन् । क्रेज्सीकोभाले यो उपाधि पूर्व बिम्बल्डन च्याम्पियन जाना नोभोत्ना नोभोत्नालाई समर्पित गरिन् । 

२०१७ मा ४९ वर्षको उमेरमा क्यान्सरले नोभोत्नाको निधन भएको थियो । ‘यो शब्दमा व्यक्त गर्न गाह्रो छ । भर्खरै ग्रान्ड स्लाभ जितेको भनेर मलाई विश्वास छैन । मैले जानासँग उनको निधनअघि धेरै समय बिताएँ । 

उनले मलाई टेनिसमा मज्जा लिनु र ग्रान्ड स्लाम जित्न प्रयत्न गर्नु भनेकी थिइन् । मलाई थाहा छ उनले मलाई हेरिरहेकी छिन्,’ क्रेज्सीकोभाले भनिन् । उपाधि जितेसँगै अब क्रोज्सीकोभा विश्व वरियताको  शीर्ष १५ भित्र आउनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप