बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुकाकुको गोल क्रिष्ट्रियनमा समर्पित

आइतबार, ३० जेठ २०७८, ०८ : ३३
आइतबार, ३० जेठ २०७८

बेल्जियम स्टार रोमेलु लुकाकुले रुसविरुद्धको खेलमा गरेको पहिलो गोल डेनमार्ककका क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित गरेका छन् । 

खेलको १० औं मिनेटमा गोल गरेपछि आफ्ना साथीहरुलाई अभिवादन गर्ने मैदानको साइडमा राखिएको टेलिभिजन क्यामेरा नजिक आए । यसपछि लेन्सतर्फ फर्किएर चिच्याए – क्रिस आई लभ यु ।

शनिबार राति डेनमार्क र फिनल्यान्डबीचको खेल चलिरहदाँ एरिक्सन मैदानमै ढलेका थिए । त्यसपछि लामो समयसम्म उक्त खेल स्थगित भएको थियो । अस्पतालमा एरिक्सनको स्वास्थ अवस्था स्थिर देखिएपछि यता, फेरि खेल सुरु गरियो र उक्त खेलमा फिनल्यान्डले १–० को जित निकाल्यो । 

फिनल्यान्डका लागि फोजानपालोले निर्णायक गोल गरे । उता, रुसविरुद्ध बेल्जियमले ३–० को जित निकाल्दा लुकाकुले दुई गोल गरे । लुकाकु र एरिक्सन दुबै इन्टर मिलानबाट खेल्छन् । यस क्लबलाई यस वर्ष सिरिए उपाधि जिताउन यी दुबै खेलाडीको भूमिका महत्वपूर्ण थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप