अस्पतालमा एरिक्सनको अवस्था स्थिर, फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने
डेनमार्कको फुटबल एशोसिएसनले क्रिस्टियन एरिक्सन होसमा रहेको र डेनमार्कको ठूलो मध्ये एक रहेको रिग्सहस्पिटालेटमा उपचार भइरहेको जानकारी दिएको छ । खेलाडीहरुलाई एरिक्सनको स्वास्थ्य अवस्था ठीक रहेका जानकारी दिएपछि फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने पनि एसोसिएसनले जानकारी दिएको छ ।
शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका थिए । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।
तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट लगिएको थियो । मैदान छाड्दै गर्दा भने उनलाई होसमा रहेको देखिएको थियो ।
Christian Eriksen er vågen, og hans tilstand er fortsat stabil. Han forbliver indlagt på Rigshospitalet til yderligere undersøgelser.
— DBU - En Del Af Noget Større (@DBUfodbold) June 12, 2021
Kampen mod Finland spilles færdig i aften. Dette sker efter at spillerne har fået bekræftet, at Christian er okay. Kampen genoptages kl. 20.30.
सेन्ट्रल युरोपियन टाइम अनुसार साढे आठ बजे (नेपाली समयअनुसार १२ः१५ बजे) खेल शुरु हुने यूईएफको भनाइ छ । पहिलो हाफको बाँकी चार मिनेट खेलेपछि ५ मिनेटको ब्रेक दिइनेछ र दोस्रो हाफ खेलिनेछ ।
Following the request made by players of both teams, UEFA has agreed to restart the match between Denmark and Finland tonight at 20:30 CET (TBC).
— UEFA (@UEFA) June 12, 2021
The last four minutes of the first half will be played, there will then be a 5-minute half-time break followed by the second half.
यसअघि, एरिक्सनको अवस्था स्थिर रहेको यूईएफएले जनाएको थियो । फिनल्याण्डबिरुद्धको खेलका दौरान मैदानमा ढलेका एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको यूईएफएको भनाइ छ ।
एरिक्सानलाई अस्पताल पुर्याएपछि दुवै टोलीका खेलाडी र अधिकारीहरुबीच छलफल भएको र खेल पुन: सुचारु गर्ने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?