बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एरिक्सन होसमा नै छन् : डेनमार्क एफए

शनिबार, २९ जेठ २०७८, २३ : ४१
शनिबार, २९ जेठ २०७८

डेनमार्कको फुटबल एशोसिएसनले क्रिस्टियन एरिक्सन होसमा रहेको र डेनमार्कको ठूलो अस्पतालमध्ये एक रिग्सहस्पिटालेटमा स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिएको छ ।

यसअघि, यूईएफएले ​पनि एरिक्सनको अवस्था स्थिर रहेको जनाएको थियो । फिनल्याण्डबिरुद्धको खेलका दौरान मैदानमा ढलेका एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको यूईएफएको भनाइ छ । ​एरिक्सानलाई अस्पताल पुर्याएपछि दुवै टोलीका खेलाडी र अधिकारीहरुबीच छलफल भइरहेको यसबारे थप जानकारी दिइने यूईएफएको भनाइ छ ।

शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका हुन् । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।

तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट लगिएको थियो । मैदान छाड्दै गर्दा भने उनलाई होसमा रहेको देखिएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप