मन्त्री सोडारीलाई कारवाहीको माग
शनिबार, २९ जेठ २०७८, २० : ५६
नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका छन् ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कानूनीप्रक्रिया अनुसार कारवाही अघि बढाउन माग गरेका हुन् । अध्यक्ष थापाले आज विज्ञप्ति प्रकाशन गरी कारवाहीका लागि मुद्दा दर्ता गर्दा मन्त्रीको उजुरीसमेत कमजोर बनाउने खेल थालिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिनेपत्र बोकेर मन्त्रालयमा पुगेका सचिव रावललाई मन्त्री सोडारीले हातपात गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबारदेखि मौसममा सुधार आउने
-
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै, सभामुख घिमिरेले दिए शुभकामना
-
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सले आज टी–२० शृङ्खलाको पहिलो खेल खेल्ने
-
सहकारी समस्या समाधान गर्न कार्ययोजना बनाउन मन्त्री बज्राचार्यको निर्देशन
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त