शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वेल्ससँग बराबरीमा रोकियो स्वीटजरल्याण्ड

शनिबार, २९ जेठ २०७८, २० : ५२
शनिबार, २९ जेठ २०७८

युरो कप अन्तरगत समूह ए को समूह चरणको खेलमा वेल्स र स्वीटजरल्याण्डबीचको खेल बराबरीमा सकिएको छ । खेलको ७४ औँ मिनेटमा केइफर मुरले बराबरी गोल गर्दै वेल्सका लागि एक अंक बटुल्न सफल भएका हुन् ।

बाकुमा खेलिएको खेलमा स्वीटजरल्याण्डले नियन्त्रण बनाए पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको शुरुवातमा नै ब्रिल एम्बोलोले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए । यद्यपि, मुरले बराबरी गोल फर्काउँदै वेल्सलाई खेलमा फर्काए । 

खेलको अन्त्यतिर सब्सिटीच्युट ग्राभानोविचले स्वीस टोलीका लागि गोल गरे पनि भिडियो एसिस्टेन्ट रेफ्रीले उक्त गोललाई रद्द गरेको थियो । वेल्सका गोलकिपरले स्वीस टोलीका थुप्रै प्रहार विफल बनाएका थिए ।

समूह ए मा इटाली ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । इटालीले हिजो टर्कीलाई ३–० गोलले पराजित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप