बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा को–को लिँदै छन् मन्त्रीको सपथ ?

शनिबार, २९ जेठ २०७८, २० : ०९
शनिबार, २९ जेठ २०७८

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि कृष्णचन्द्र नेपाली पोखरेलले आफूसहित ५ जना मन्त्रीले सपथ ग्रहण गर्ने तयारी थालेका छन् । उनले यही असार १ गते भित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाउने भएका छन् । उनले पोखरेलले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाए बजेट ल्याउने गरी अगाडी बड्ने भएका छन् । 

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री नेपालीसहित कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिने भएका हुन् । 

प्रदेशमा सरकार गठनको तयारीमा रहेको विपक्षी गठबन्धन यतिबेला मन्त्रालय बाँडफाँटमा समेत आन्तरिक रुपमा छलफल चलाएको छ । तर, निष्कर्षमा भने पुगिसकेको छैन ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले पहिलो चरणमा आफूबाहेक ४ जनालाई विना विभागीय मन्त्रीको रुपमा सपथ गराएर अगाडि बढ्न योजना बनाए छन् । काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीले पठाएका एक एक जना र स्वतन्त्र सांसद दिपक मनाङेलाई मन्त्रीमा एकै पटक सपथ गराउन योजनामा उनी रहेका छन् । 

गण्डकीमा पहिले ७ मन्त्रालय मात्र रहेका थिए । तर पछि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ मन्त्रालय बनाएका थिए । ११ मन्त्रालय बनाइएपछि काँग्रेस र माओवादीलाई ४–४,जसपालाई दुई र स्वतन्त्र सांसद राजीव गुरुङ सहित ११ जनालाई मन्त्री बनाईने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप