शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रिमण्डल हेरफेरको तयारीमा मोदी

शनिबार, २९ जेठ २०७८, १९ : ४८
शनिबार, २९ जेठ २०७८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार गृहमन्त्री अमित शाह र भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग बैठक गरेसँगै मन्त्रीमण्डलमा हेरफेर हुने विषय चर्चामा छ । यसलाई मन्त्रिमण्डल हेरफेर गर्ने मोदीको तयारीका रुपमा लिइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री मोदीले पछिल्ला केही दिनदेखि अलग–अलग समूहहरूसँग आफ्ना मन्त्रीहरु राखेर बैठक गरिसकेका छन् । उनले यस दौरान सबै मन्त्रीहरुले पछिल्लो दुई वर्षमा गरेका कामको जानकारी लिएका छन् । अहिले भारतका धेरै मन्त्रीहरुले एकभन्दा धेरै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । रेलमन्त्री पीयूष गोयलले वाणिज्य, रेल मन्त्रालयसँगै उपभोक्ता मन्त्रालय पनि सम्हालिरहेका छन् । सूचना एवम् प्रसारण मन्त्री प्रकाश जावन्डेकरले पर्यावरणसँगै उद्योग मन्त्रालय पनि सम्हालेका छन् । कृषी, पञ्चायती राज, ग्रामिण विकास मन्त्री नरेन्द्र सिंह तोमरले खाद्य प्रसंस्करण मन्त्रालय पनि सम्हालिरहेका छन् । किरेन रिजिजूले आयुष मन्त्रालयका अतिरिक्त खेल तथा युवा मन्त्रालय पनि सम्हालिरहेका छन् ।

यी मन्त्रीको नाम चर्चामा

स्रोतअनुसार मन्त्रीपरिषद्को फेरबदल र बिस्तारका क्रममा असामका पूर्व मुख्यमन्त्री सर्वानन्द सोनोवाल, बिहारका पूर्व उपमुख्यमन्त्री सुशिल मोदी, सांसद् ज्योतिरादित्य सिन्धिया, बैजयन्त पान्डाको नाम पनि चर्चामा छ ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप