मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा दोश्रो मात्रा छुट भएकाहरुलाई असार १ गते खोप लगाइने

शनिबार, २९ जेठ २०७८, १९ : २७
शनिबार, २९ जेठ २०७८


धरानमा गत फागुन ११ गते कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाइ दोश्रो मात्रा छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरेको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आज उपमहानगर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि कोभिशिल्ड लगाई दोश्रो मात्रा छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरेको हो ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले आउँदो असार १ गते (मङ्गलबार) धरानको छाता चोकस्थित रहेको पुरानो हस्पिटलमा दोश्रो मात्रा छुट भएकाको लागि कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाइने जानकारी दिए । उनका अनुसार पुरानो हस्पिटलमा असार १ गते बिहान १० बजेदेखि ४ बजेसम्म कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाइने भएको छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्य महाशाखा प्रमुख मेहताले धरान उपमहानगरपालिका अन्तर्गतको विभिन्न खोप केन्द्रहरूबाट गत माघ १४ गतेदेखि फागुन ११ गते सम्ममा १ हजार ३ सय ६६ जना व्यक्तिलाई कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाइएको जानकारी दिए । गत वैशाख ७ गतेदेखि जेठ ११ गतेसम्म कोभिसिल्डको दोश्रो मात्रा खोप सञ्चालन भई अधिकांश व्यक्तिलाई दोश्रो मात्राको खोप पूरा भएको थियो भने सो अवधिमा सञ्चालित भएको खोप कार्यक्रममा विभिन्न कारणले केही व्यक्तिहरु छुटेका थिए । उनीहरुलाई असार १ गते कोभिशिल्ड खोप लगाइने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप