शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ बिरुद्ध एपीएफ अस्पतालको भूमिका अब्बल : गृहमन्त्री

शनिबार, २९ जेठ २०७८, १९ : २२
शनिबार, २९ जेठ २०७८

गृहमन्त्री खगराज अधिकारीले कोभिड–१९ महामारीमा सशस्त्र प्रहरीको एपीएफ अस्पतालको भुमिका अब्बल रहेको बताएका छन् । शनिवार हलचोक स्थित सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै उनले भने–‘कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालको भुमिका अब्बल छ ।’

मन्त्री नियुक्त भएपछि सशस्त्रको प्रधान कार्यालय पुगेका अधिकारीले भूकम्प जस्ता महामारीमा साधनस्रोतको अभावका बीच सशस्त्रले गरेको कामको प्रशंसा गरेका छन् । उनले भने–‘भुकम्प जस्ता महामारीमा साधनस्रोतको अभावका बीच संगठनले गरेको कामको हृदयको गहिराइबाट सम्मान प्रकट गर्न चाहन्छु ।’

सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले अधिकारीलाई संगठनले गरेका काम कारवाहीबारे जानकारी गराएका थिए । सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा सुरक्षामा पुर्याएको योगदानको पनि गृहमन्त्री अधिकारीले प्रशंसा गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको अभिन्न सुरक्षा निकायको रुपमा अगाडी बढिरहेको उल्लेख गर्दै उनले भने– ‘सशस्त्र प्रहरी बलका लागि आवश्यक साधनस्रोत, जनशक्ति  र वृत्तिविकासको कार्यमा सहकार्य गर्दै अगाडी बढ्छु ।’

सशस्त्रका महानिरीक्षक खनालले गृहमन्त्रीको निर्देशन अक्षरश पालना गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । निरीक्षण भ्रमणको लाईभ भिडियो स्ट्रिमिङ्गमार्फत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण एकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप