शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : पुराना आयोजना र कार्यक्रमलाई निरन्तरता (पूर्णपाठ)

शनिबार, २९ जेठ २०७८, १८ : ३२
शनिबार, २९ जेठ २०७८

कर्णाली प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पेश भएको छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेशसभा आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

कर्णाली प्रदेश सभामा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रायः पुराना आयोजना र कार्यक्रमलाई निरन्तरता दिइएको छ ।  कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश सकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पेश गर्दै कोभिड–१९ को प्रभावका कारण विकास प्रयासमा गतिरोध उत्पन्न भएको यस प्रतिकूल परिस्थितिबीच सुझबुझपूर्ण प्रतिकार्य गर्दै कर्णाली प्रदेशको ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोच हासिल गर्न प्रथम पञ्चवर्षीय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक–सामाजिक रुपान्तरणसहितको समानुपातिक समावेशी विकास हासिल गर्ने दिशामा आगामी कार्यक्रमहरू केन्द्रित गरिएको प्रदेश प्रमुख कलौनीले जानकारी दिए ।

कर्णाली प्रदेशमा दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै सामाजिक, आर्थिक न्यायसहितको विकासका लागि ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार : दिगो विकास र समृद्धिको लागि पूर्वाधार’ भन्ने मूल ध्येय लिइ आर्थिक वर्ष २०७८/०७९ को कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याएको छ ।

 नीति तथा कार्यक्रममा कर्णाली प्रदेशकै ठुलो अस्पतालमा रहेको प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा रुपान्तरण गर्ने र कर्णालीका प्रत्येक जिल्लाहरुमा सरुवारोग अस्पतालको स्थापना, जिल्ला अस्पतालहरूमा कम्तीमा एक भेन्टिलेटर र पाँच आई.सी.यू. उपचार, प्रत्येक स्थानीय तहहरुमा १५ शैयाको अस्पताल र प्रयोगशालाको व्यावस्थापन गरिने उल्लेख छ ।

साथै कर्णालीका सबै नागरिकलाई कोरोना खोप लगाउँने र कोभिट पुष्टि भएका नागरिकलाई निःशुल्क उपचार तथा पोसिलो खानेकुराको व्यवास्था मिलाउने, भारत तथा तेस्रो मुलुकबाट कर्णाली फर्किएका जो सुकै नागरिकलाई नाकाहरुमा कोरोना परिक्षण गरिने, उच्च हिमाली जिल्लाहरुमा कोरोनाका जटिल बिरामीलाई हवाई उद्धार गरी सम्बन्धित कोभिड अस्पतालमा लगेर उपाचार गर्ने साथै कोरोना संक्रमितलाई आत्म मनोवल बढाउनको लागि विज्ञ व्यक्ती तथा स्वास्थ्यकर्मीहरूबाट ध्यान, योगा गराइने साथै कर्णालीका विभिन्न ठाउँमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवक तथा एक स्थानीय तह एक स्वास्थ्यकर्मी खटाइने भनिएको छ ।

ज्वाला मजदुरी गरि जिविका चलाउँदै आएका घरपरिवारलाई राहतको व्यवस्था गरिने, प्राथमिक तथा घरेलु उपचारलाई प्रोत्साहन, नागरिकको स्वास्थय सेवालाई सर्वसुलभ बनाउने, अल्जाईमर, क्यान्सर, पार्किन्सन, सिकलसेल एनिमिया, मुटु, मिर्गौला, रिकेट्स, अटिज्मजस्ता दीर्घरोगबाट पीडित बिरामीको उपचारमा सहयोग गर्न उपचार सहायता कोष स्थापना गरिनेछ । 

त्यस्तै कर्णालीमा माग अनुसार सीपमुलक तालिमको लागि पुजी, तालीम तथा बजारीकरणको व्यवस्थापन गर्ने, पुर्ण तथा लक्षित वर्गलाई रोजगार दिने साथै खाना, नाना र छाना कार्यक्रम, बैंक खाता छोरीको सुरक्षा जीवन भरीको जस्ता कार्याक्रमहरु दोहोरिएका छन् । कृषि तर्फ व्यवसायी कृषकहरुलाई “संवरण हलोबाट सम्मान“ गरिने कार्यक्रम थपिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप