राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारसम्बन्धी सामग्री हटाउन अदालतको आदेश

जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाका विषयमा सम्बन्धित सामाजिक सञ्जाल तथा युट्युबका सामग्रीहरु तत्काल हटाउन आदेश दिएको छ।
दुर्व्यवहारमा परेका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिएका फोटो तथा भिडियोहरू सबै हटाउन आदेश अदालतले आदेश दिएको हो ।
साथै यस्ता सामग्री राख्नेलाई कारबाही गर्न र आवश्यकताअनुसार साइटहरु बन्द गराउन पनि आदेशमा भनिएको छ।
न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आदेशमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशित प्रसारित सामग्रीहरु हटाउन ध्यानाकर्षण गराउनु, जिल्लास्थित पत्रकारहरुको संगठनमार्फत यस्ता सामग्रीहरु प्रचार–प्रसार नगर्न नगराउन ध्यानाकर्षण गराउनु।’
साथै युट्युवलगाएतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरूका सामग्रीहरु हटाउन संघीय सरकार मार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन पनि भनिएको छ।
न्यायाधीश डा। आचार्यको आदेशमा राउटे युवतीका विषयमा सामग्रीहरु प्रसारण प्रकाशन गर्नेविरुद्ध कारबाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयमा आदेशको प्रतिलिपि पठाउन पनि भनिएको छ।
यस्तै संवेदनशील विषयमा जथाभावी सामग्रीहरु प्रसारण प्रकाशन गर्ने साइटहरु आवश्यकताअनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई ध्यानाकर्षण गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिनकुने घटनाका विषयमा सरकारसँग जवाफ माग्ने राज्य व्यवस्था समितिको निर्णय
-
नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ : थाइ प्रधानमन्त्री शिनावात्रा
-
गाजा आक्रमण विस्तार गर्ने इजरायली रक्षामन्त्रीको भनाइ
-
आईपीएलमा धोनीले अब ६ खेलमात्र खेल्ने
-
राहत लिएर आफ्नै जहाजमा नेपाली सेनाको टोली उड्यो म्यानमार
-
रास्वपामा सभापति लामिछानेले चाहेको ‘म्यासिभ रिफर्म’ के हो ?