शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा गोलाबारी : एक वर्षीय बालकसहित दुई जनाको मृत्यु, आक्रमणकारीद्वारा आत्महत्या

शनिबार, २९ जेठ २०७८, १४ : ४३
शनिबार, २९ जेठ २०७८

अमेरिकामा एक व्यक्तिले ग्रोसरी स्टारमा गोलाबारी गर्दै एक वर्षका बालक र उनकी ६९ वर्षीय हजुरआमाको हत्या गरेका छन् । त्यसलगत्तै आत्महत्या रोज्ने क्रममा उनले आफैंमाथि पनि गोली हाने ।

घटना अमेरिकाको फ्लोरिडा राज्यको हो । ५५ वर्षका टिमोथी जे वालले यसरी गोली चलाएका हुन् । तर उनले गोली चलाउनुको कारण भने अझै खुलेको छैन । स्थानीय अधिकारीहरुका अनुसार बन्दुकधारी र बच्चाको परिवारबीच कुनै सम्बन्ध रहेको पनि देखिएको छैन । यद्यपि केही समयअघि सामाजिक सञ्जालमार्फत वालले बच्चा र मानिसहरु मार्ने इच्छा व्यक्त गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समयअनुसार बिहान ११:३५ बजे घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो । घटनास्थलमा पुग्दासम्म बालक, उनकी हजुरआमा र आक्रमणकारी​सहित तीनजना मृत अवस्थामा थिए ।

अनुसन्धान अधिकारी तलला मर्सीले घटनाबारे छानविन चलिरहेको र यसक्रममा ३० जनाभन्दा धेरै मानिससँग बयान लिइएको बताएका छन् ।

ग्रोसरी स्टोरको सिसिटिभी भिडियो हेर्दा हजुरआमा र बालक ११:०७ मा स्टारभित्र आएको र आक्रमणकारी ११:२९ मा उक्त स्थानमा पसेको देखिएको छ । भिडियोमा देखिएअनुसार वालले ११:३४ मा बन्दुक उठाएर बालकमाथि पहिलो निशाना साँधेका थिए । त्यसपछि वाललाई रोक्नका लागि अगाडी बढेकी हजुरआमा निशानामा परेकी थिइन् । वालले ती वृद्धलाई पहिले मैदानमा पछारेका थिए । त्यसपछि उनीमाथि पनि गोली चलाए ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप