जम्मू–कास्मिरमा विद्रोहीहरुको आक्रमण, दुई सुरक्षाकर्मीको मृत्यु
जम्मू–कास्मिरको बारामुलमा शनिबार विद्रोहीहरुले सुरक्षाकर्मीलाई निशाना बनाएर गोल हानेका छन् । सोपेरमा विद्रोहीले अन्धाधुन्ध गोली चलाउँदा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ । यस घटनामा दुईजना सर्वसाधारणको पनि मृत्यु भएको छ । प्रहरीले इलाकालाई घेराबन्दी गरेर सर्च अपरेशन चलाइरहेको छ ।
कास्मिरका आईजी विजयकुमारले यस हमलामा लस्कर तैयबा संगठनको हात गरेको प्रतिक्रिया दिएका छन् । घटनामा घाइते भएका दुई प्रहरीलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
मार्चमा पनि भएको थियो हमला
यसअघि मार्च महिनामा पनि लस्क ए तैयबाले सिआरपिएफको गस्ती टोलीमाथि फायरिङ गरेको थियो । श्रीनगरको बाहिरीइलाका लवेपोरामा भएको यस हमलामा दुई जवानको ज्यान गएको थियो । हमलामा तीनजना घाइते भएका थिए । त्यसमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भयो ।
१४ मार्चमा पनि मुठभेड
यस हमलाभन्दा ११ दिन पहिले १४ मार्चमा पनि सुरक्षा बल र आतङ्ककारीबीच मुठभेड भएको थियो । यस दौरान सुरक्षाकर्मीको गोली लागेर एक विद्रोही मारिएका थिए । सोपियाको रावलपोरा इलाकामा पुरै रात यो अपरेशन चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)